Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

फेसबुक लगायत २६ सामाजिक सञ्जाल आज देखि बन्द गर्ने सरकारको निर्णय

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ १९, २०८२
In सरकार
0

काठमाडौं । सरकारले नेपालमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू तत्काल बन्द गर्ने निर्णय गरेको छ।

बिहीबार सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको अध्यक्षतामा बसेको मन्त्रीस्तरीय बैठकले फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल आज देखि नै निस्क्रिय पार्ने निर्णय गरेको हो। बैठकमा मन्त्रालयका अधिकारीहरू तथा नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो।

नेपाल सरकारले यसअघि सामाजिक सञ्जाललाई सूचीकरण गर्न सात दिनको समयसीमा दिएको थियो, जुन गएराति सकिएको हो। तर, तोकिएको म्यादभित्र सूचीकृत नभएकाले सरकारले यस्तो कदम चालेको हो।

सञ्चारमन्त्री गुरुङका अनुसार सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को भदौ ९ गतेको निर्णय कार्यान्वयन गर्न मन्त्रालयले यो प्रक्रिया अघि बढाएको हो। अदालतले अपहेलना मुद्दा (मुद्दा नं २०८० सिइएफ ००१२) मा स्वदेशी तथा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाललाई अनिवार्य रूपमा सूचीकरण गर्ने आदेश दिएको थियो।

मन्त्री गुरुङले भने, “सूचीकृत नभएका सञ्जाललाई अस्थायी रूपमा मात्र बन्द गरिएको हो। सूचीकृत भए लगत्तै पुन: सञ्चालनमा आउन सक्नेछन्। सरकारको उद्देश्य सामाजिक सञ्जाललाई सदैव बन्द गर्ने होइन, तर नेपालका कानुन, नीति र संविधानअनुसार जिम्मेवार रूपमा सञ्चालन गर्न बाध्य बनाउने हो।”

उनका अनुसार मन्त्रालयले पटक–पटक जानकारी दिँदा पनि प्लेटफर्महरूले कुनै चासो देखाएनन्। महिनौं सम्म वार्ता र कूटनीतिक माध्यमबाट पनि समाधान खोजिएको तर सफल नभएकाले सरकारले बाध्य भएर यस्तो निर्णय गर्नुपरेको हो।

मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार हाल सम्म टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ सूचीकृत भइसकेका छन् भने टेलिग्राम र ग्लोबल डायरी सूचीकरण प्रक्रियामा रहेका छन्।

ठाकुरले थपे, “नेपालमा करिब २५ वटा सामाजिक सञ्जाल सक्रिय छन्। तर, कति बन्द हुने भन्ने यकिन छैन। सूचीकरण नगरे हजारौँ प्लेटफर्म बन्द हुन सक्ने सम्भावना छ।”

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

सरकार

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२
सरकार

सरकारी सञ्चार माध्यमबाट मात्रै सूचना प्रकाशन गर्न निर्देशन

चैत्र १९, २०८२
सरकार

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय

चैत्र १३, २०८२
सरकार

१ लाख रुपैयाँ सम्म ऋण मिनाहा गर्ने सरकारको तयारी

माघ ६, २०८२
सरकार

मन्त्रिपरिषद् बैठक : भूमि आयोग खारेज, इलाम संकटग्रस्त जिल्ला घोषणा

अशोज २३, २०८२
सरकार

असोज १९ र २० गते सार्वजनिक विदा

अशोज १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend