Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

न्यून चापीय प्रणाली नेपालबाट बाहिरिँदा मौसममा सुधार

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज १९, २०८२
In मौसम
0

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीबाट विकसित न्यून चापीय प्रणाली नेपालबाट बाहिरिसकेकाले मनसुन कमजोर हुँदै गएको र देशभर मौसममा क्रमिक सुधार आउन थालेको छ।

विभागले आइतबार जारी गरेको विज्ञप्तिमा अविरल वर्षाका कारण उत्पन्न आकस्मिक बाढी र डुबानको जोखिम भने अझै यथावत रहेको उल्लेख छ। साथै, विभागले आफ्नो वेबसाइट, सामाजिक सञ्जाल, टोल–फ्री नम्बर ११५५ र एसएमएस सेवा मार्फत नियमित जानकारी लिन र आवश्यक सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।

विभागका अनुसार असोज १७ देखि १९ गते बिहान सम्म अविरल वर्षा हुँदा मधेश र बागमती प्रदेशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा र कोशी प्रदेशका कतिपय भागमा मध्यम देखि भारी वर्षा मापन भएको छ। यो अवधिमा रौतहटको महेशपुरमा मात्र २४ घण्टा भित्र ३५८ मि.मि. वर्षा रेकर्ड भएको छ।

देशभरका २९५ वर्षा मापन केन्द्र मध्ये १८६ वटामा वर्षा भएको थियो। तीमध्ये १०५ वटामा ५० मि.मि. भन्दा बढी, ६८ वटामा १०० मि.मि. भन्दा बढी, २१ वटामा २०० मि.मि. भन्दा बढी र ५ वटामा ३०० मि.मि. भन्दा बढी वर्षा मापन भएको छ।

वर्षा सँगै बागमती, विष्णुमती, कमला, लालबकैया लगायतका नदीमा असोज १८ गते देखि जलसतह खतरा तह पार गरे पनि अहिले घट्दो अवस्थामा पुगेको विभागले जनाएको छ। त्यस्तै, कोशी प्रदेशको सापेक्ष नदीहरू/तमोर, सुनकोशी र अरुण/पनि असोज १९ गते बिहान सम्म खतरा तह पार गरेर अहिले घट्दो अवस्थामा पुगेका छन्।

तर, कोशी नदी चतरा केन्द्रमा बहाव अझै खतरा तहको नजिक रहेकाले बाढी र डुबानको जोखिम कायम रहेको विभागले चेतावनी दिएको छ। विभागले असोज २० गते मध्यान्ह सम्म विशेष सतर्कता अपनाउन सरोकारवाला लाई आग्रह गरेको छ।

  • 18shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मौसम

सातै प्रदेशमा असिना, हावाहुरी र चट्याङ्ग सहित वर्षाको सम्भावना

चैत्र ७, २०८२
मौसम

आज कोशी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना

अशोज १९, २०८२
मौसम

आइतबार विहान ८ बजे सम्म अत्ति भारी बर्षाको संभावना छ : महानिर्देशक जोशी

अशोज १८, २०८२
मौसम

लगातार वर्षाले हेटौँडा अस्तव्यस्त, मुख्य बजार क्षेत्रमा पानी जम्यो

अशोज १८, २०८२
मौसम

पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै बर्षा विरगंजमा

अशोज १८, २०८२
मौसम

दशैंको समयमा मौसम विग्रियो, सतर्कता अपनाउन अनुरोध

अशोज १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend