६ माघ,काठमाडौं : भारत द्वारा प्रदान गरिएको निर्वाचन सम्बन्धी सहयोगको पहिलो खेप आज काठमाडौंमा आयोजित समारोह बीच नेपालका गृहमन्त्री ओमप्रकाश अर्याल लाई हस्तान्तरण गरियो।
समारोहमा भारत दूतावास, काठमाडौं का कार्यवाहक राजदूत डा. राकेश पाण्डेय ले ६० भन्दा बढी डबल–क्याब पिकअप सवारी साधन तथा अन्य आवश्यक सामग्रीहरू हस्तान्तरण गरे। यी सामग्रीहरू आगामी निर्वाचनको तयारीका लागि नेपाल सरकारले अनुरोध गरे अनुसार उपलब्ध गराइएको सहयोगको एक हिस्सा हुन्।

गृहमन्त्री अर्यालले भारत सरकार र जनताको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै नेपाल–भारत बीचको गहिरो मित्रता र बहुआयामिक साझेदारी को प्रशंसा गरे।यस अघि भारतले २००८ देखि नेपाललाई निर्वाचन सम्बन्धी सहयोग गर्दै आएको छ।
यस अवधिमा करिब २,४०० सवारी साधन विभिन्न मन्त्रालय तथा विभागहरूमा हस्तान्तरण भइसकेका छन्। आगामी निर्वाचनको लागि भारतले प्रदान गर्ने ६५० सवारी साधन आगामी हप्ताहरूमा विभिन्न ब्याचमा वितरण गरिने छ।
नेपाल–भारत बीचको यस्तो सहयोग केवल प्रशासनिक आवश्यकता पुरा गर्नु मात्र नभई, दुई देशबीचको विश्वास, मित्रता र विकास साझेदारी को प्रतीक पनि हो।(फोटो साभार:भारतीय दुतावास, नेपाल)




















आफ्नो प्रतिकृया दिनुहोस्