Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको हुँ : गगन थापा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ १७, २०८२
In राजनीति
0

१७ माघ,काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले काठमाडौं क्षेत्र–४ का पार्टी कार्यकर्ता प्रति आभार व्यक्त गर्दै आफूलाई यहाँ सम्म पुर्‍याउन उनीहरूको साथ, भरोसा र योगदान निर्णायक रहेको बताएका छन्।

शनिबार आयोजित पार्टीको निर्वाचन परिचालन मूल समिति घोषणा कार्यक्रममा बोल्दै थापाले २०७० सालमा पहिलो पटक प्रत्यक्ष निर्वाचन जित्ने लक्ष्य सहित काठमाडौं क्षेत्र–४ बाट उम्मेदवारी दिएको अनुभव स्मरण गरे।

उनले २०७४ सालको निर्वाचन कठिन परिस्थितिमा सम्पन्न भएको उल्लेख गर्दै त्यति बेला नेकपा एमाले र माओवादी एक भएर चुनावी मैदानमा उत्रिँदा पनि संसद् पुगेर काम गर्ने अवसर पाएको बताए।

थापाले भने,“त्यो समय निकै चुनौतीपूर्ण थियो। एमाले–माओवादी गठबन्धन थियो र कांग्रेस केवल २३ स्थानमा मात्र विजयी भएको थियो। म डराएको थिएँ, तर तपाईंहरूले दिएको हौसलाले नै म संसद् पुगेँ। त्यो अवसर नपाएको भए म महामन्त्रीको जिम्मेवारीमा स्थापित हुन सक्दिनथेँ।”

आफूले यसपटक काठमाडौं छाडेर सर्लाही क्षेत्र–४ रोज्नु सजिलो निर्णय नभएको बताउँदै उनले भावुक हुँदै भने, “यसपटक काठमाडौं सहज थियो। तर पहिलो पटक काठमाडौंबाट उम्मेदवारी नदिएर सर्लाही जाने निर्णय गरेको छु। धेरै वर्ष पछि मन रोयो। प्राय: आँसु लुकाउन सकिन्छ, तर यसपटक चाहेर पनि सकिन। यो ठाउँ छाड्दा मन भित्र गहिरो पीडा थियो।”

थापाले आफ्नो राजनीतिक यात्रामा पार्टी कार्यकर्ताको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी निर्वाचनलाई केन्द्रमा राखेर संगठन सुदृढ बनाउन सबैलाई एकताबद्ध भएर लाग्न आग्रह गरे।उनले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचन अघि नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न हुने जानकारी दिँदै पार्टी भित्र उम्मेदवार छनोट प्रक्रिया पनि परिवर्तन हुने बताए।

“अब नयाँ स्थानीय र प्रदेश निर्वाचन भन्दा अगाडि पार्टीको महाधिवेशन हुन्छ,” थापाले भने,“र त्यस पछि कांग्रेसमा उम्मेदवारको टिकट वडास्तर बाटै‘प्राइमरी इलेक्सन’मार्फत चयन गरिनेछ।”उनले अब कांग्रेसमा टिकट पाउन सभापति वा महामन्त्रीको घर धाउनुपर्ने अवस्था अन्त्य हुने दाबी समेत गरे।

  • 30shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु

चैत्र ३, २०८२
राजनीति

संसदीय राजनीतिबाट विश्राम लिए पनि संघर्ष जारी रहने : डा. सी.के. राउत

चैत्र २, २०८२
राजनीति

“माधव कुमार नेपालले सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा गरे।”

फाल्गुन ७, २०८२
राजनीति

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२
राजनीति

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२
राजनीति

GEN-Z आन्दोलनले उठाएका विषय सम्बोधन गर्न जरुरी: नेता पौडेल

अशोज ११, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend