२० चैत,जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषा बाट सशस्त्र प्रहरीका एक निरीक्षकलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ।
शुक्रबार सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प, धनुषामा कार्यरत निरीक्षक विकल अधिकारीलाई सेवाग्राहीसँग रु. ४० हजार घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।
कमला/ढल्केवर/बागमती सडक निर्माण अन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधन रोक्ने, काममा अवरोध सिर्जना गर्ने र विभिन्न बहानामा सेवाग्राहीलाई दु:ख दिँदै घुस माग्ने गरेको उजुरी पछि बर्दिबास स्थित आयोगको टोली खटिएको थियो।
टोलीले उनलाई धनुषाको मिथिला नगरपालिका–१०, लालगढ बाट रंगेहात पक्राउ गरेको जनाएको छ।पक्राउ परेका अधिकारी माथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्