Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ १०, २०८३
In विशेष खबर
0

१० भदौ,साउन शुक्ल त्रयोदशी,(आशिष कुमार मण्डल),जनकपुरधाम। जनकपुरधामका ऐतिहासिक पोखरी तथा गुठीको जग्गा अतिक्रमणमुक्त गराउने उद्देश्यले सुरु गरिएको अभियान यतिबेला तीव्र विवाद र विरोधाभासको घेरामा परेको छ। गुठी संस्थान जनकपुरधामले साउन १ गते जारी गरेको सूचना र भदौ ५ गतेको माइकिङलाई पछ्याउँदै शनिबार बिहानै देखि गोरधोइ पोखरी क्षेत्रमा डोजर चलाएर संरचना भत्काउन थाले पछि विरोध चर्किएको हो।

अतिक्रमण हटाउने क्रममा साना र गरिबका टहराहरू प्राथमिकताका साथ ध्वस्त पारिँदा विपन्न वर्ग बिचल्लीमा परेका छन् भने सोही क्षेत्रमा रहेका ठूला र पक्की महलहरूलाई विभिन्न बहानामा उन्मुक्ति दिइएको स्थानीयको गम्भीर आरोप छ।

यस कार्यशैलीले अभियानको निष्पक्षतामाथि नै ठूलो प्रश्नचिह्न खडा गरेको छ। स्थानीयवासी तथा सरोकारवालाहरूले गुठी संस्थानसँग तत्काल निम्न विषयमा स्पष्ट र आधिकारिक तथ्यांक सार्वजनिक गर्न कडा माग गरेका छन्

कुल अतिक्रमित क्षेत्रफल: गोरधोइ पोखरी लगायत वरपरका गुठीका जग्गामध्ये कुल कति क्षेत्रफल (कट्ठा/बिघा) अतिक्रमणमा परेको हो?

हालसम्म खाली गराइएको जग्गा: हालसम्म सञ्चालन गरिएको डोजर कारबाहीबाट कति क्षेत्रफल जग्गा वास्तविक रूपमा अतिक्रमणमुक्त भयो?

खाली गराउन बाँकी क्षेत्रफल: अझै कति जग्गा अतिक्रमणमै छ र त्यसमा कुन-कुन साना वा ठूला संरचनाहरू खडा छन्?

प्रशासनिक अपारदर्शिता र ‘सानालाई ऐन, ठूलालाई चैन’ जस्तो दोहोरो मापदण्डका कारण स्थानीय स्तरमा आक्रोश बढ्दै गएको छ। कुन नापी र सीमांकनका आधारमा भत्काउने काम भइरहेको हो भन्ने बारे गुठी संस्थान र सम्बन्धित निकायले श्वेतपत्र वा यकिन तथ्यांक तत्काल सार्वजनिक नगरे सम्म यो विवाद अझ साम्य हुने देखिँदैन।

स्थानीयले निष्पक्ष छानबिन गरी ठूला महल तथा पहुँचवालाहरूका अवैध संरचना माथि पनि बिना कुनै भेदभाव डोजर चलाउन र गरिब-विपन्नका लागि उचित विकल्प वा व्यवस्थापनको पहल गर्न माग गरेका छन्।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विशेष खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३
विशेष खबर

भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न सबै निकायलाई सरकारको निर्देशन

चैत्र १९, २०८२
विशेष खबर

बालेन सरकारको १०० कार्यसूची : भदौ २४ घटनामा एक साता भित्र उच्चस्तरीय छानबिन समिति गठन हुने

चैत्र १६, २०८२
विशेष खबर

नयाँ सरकारको १०० कार्यसूचीमा पर्यटन पूर्वाधार र लगानीलाई उच्च प्राथमिकता

चैत्र १५, २०८२
विशेष खबर

प्रधानमन्त्री बालेन शाह सरकारी निवास बालुवाटार प्रवेश

चैत्र १३, २०८२
विशेष खबर

बालेन नेतृत्वको मन्त्रिपरिषद् बैठक शुरु

चैत्र १३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend