ललितपुर,१० असार : २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका-१४ तिखेदेवल बस्ने महोत्तरी मगहा नगरपालिका-२ घर भएका ३५ वर्षीय लाल बाबु सदालाई प्रहरीले पक्राउ गरेको छ ।
गत जेठ २७ गते ती महिलालाई ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थानस्थित निर्माणधिन घरमा सापटी रकम लिन बोलाई जबरजस्ती करणी गरेको भन्ने खबर मंगलबार दिउँसो प्राप्त हुनासाथ तत्काल महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्