Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

महोत्तरी जिल्लाका नदीमा उत्खनन् बढ्दै

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक २२, २०७७
In विविध
0

२२ कात्तिक,महोत्तरी: तिहार(दीपावली) पर्वको मुखमा महोत्तरी जिल्लाका नदीमा उत्खनन् ह्वात्तै बढेको छ । सामान्यतया जिल्लाको उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिकामा मनपरी हुँदै आएको नदी उत्खनन् पछिल्लो समयमा जिल्लाको सुदूर दक्षिणी भेगमा पनि ह्वात्तै बढेको हो । दीपावली पर्वको मुखमा नदी किनारमा निर्मित तटबन्ध नै भत्कने गरि उत्खनन् बढेको छ ।

आज शनिबार नै सुदूर दक्षिणीक्षेत्र अवस्थित जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–७ को रातु नदी तटमा उत्खनन् र ढुवानी गरिरहेका पाँच यान्त्रिक उपकरण (जेसिभी, ट्याक्टर) सशस्त्र प्रहरी बल ९ नम्वर हेडक्वाटर जलसागर (महोत्तरी) को गस्ती टोलीले नियन्त्रणमा लिएको छ । नदी किनार र तटबन्धक्षेत्रमा जथाभावी उत्खनन् गरेको पाइएपछि पाँच उपकरण नियन्त्रणमा लिएको ९ नम्वर गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नियन्त्रणमा लिएका उपकरण आवश्यक कानूनी कारवाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीमा बुझाएको छ । वालुवा, ढुङ्गा निकाल्न जिल्लाको उत्तरीक्षेत्रमा र माटो निकाल्न दक्षिणी क्षेत्रमा उत्खनन् हुने गरेको पाइएको छ । खासमा पछिल्लो पटक माटोको कारोवार गर्नेहरुले दीपावली र छठ पर्वको मुखमा नदी क्षेत्रमा उत्खनन् बढाएका छन् ।

अहिले जिल्लाका सबैजसो नदीक्षेत्रमा प्रत्येक दिनजसो माटो खन्ने र ढुवानी गर्नेको जगजगी बढेको सर्वसाधारणको टिप्पणी छ । जिल्लाको उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगर क्षेत्रका नदीमा भने सदाकाल नै जस्तो क्रसर उद्योगीले अवैध नदी उत्खनन् गर्दै आएका छन् ।(रासस)

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

आठ घण्टा देखि बीपी राजमार्ग अवरुद्ध

बैशाख ३०, २०८२
विविध

शिक्षकको कुटाइबाट १३ वर्षीय विद्यार्थी अस्पताल भर्ना

बैशाख २६, २०८२
विविध

सुधार केन्द्रमा यातना : प्रहरीले गर्यो सोधपुछ

बैशाख २२, २०८२
विविध

सुधार केन्द्र भर्ना भएका व्यक्तिहरूलाई शारीरिक यातना !

बैशाख २२, २०८२
विविध

जनकपुर धाम को  मन्दिर जग्गा अतिक्रमण प्रकरण : महन्त कै मिलोमतोमा बनेको अवैध संरचना भत्काइने 

चैत्र २३, २०८१
विविध

मन्दिरको जग्गामा मधेश प्रदेश सांसदको घर निर्माण : स्थानीयको विरोध

चैत्र १९, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

उच्च रक्तचाप बाट बच्न दैनिक व्यायाम आवश्यक

जेष्ठ ४, २०८२

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ४, २०८२

वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर

जेष्ठ ४, २०८२

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जेष्ठ ४, २०८२

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२

एमालेको बहुमत सरकार आवश्यक छ: प्रधानमन्त्री ओली

जेष्ठ ४, २०८२

आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

जेष्ठ ४, २०८२

गभर्नर नियुक्तिमा मेरिटोक्रेसीलाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend