Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

महोत्तरी जिल्लाका नदीमा उत्खनन् बढ्दै

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक २२, २०७७
In विविध
0

२२ कात्तिक,महोत्तरी: तिहार(दीपावली) पर्वको मुखमा महोत्तरी जिल्लाका नदीमा उत्खनन् ह्वात्तै बढेको छ । सामान्यतया जिल्लाको उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिकामा मनपरी हुँदै आएको नदी उत्खनन् पछिल्लो समयमा जिल्लाको सुदूर दक्षिणी भेगमा पनि ह्वात्तै बढेको हो । दीपावली पर्वको मुखमा नदी किनारमा निर्मित तटबन्ध नै भत्कने गरि उत्खनन् बढेको छ ।

आज शनिबार नै सुदूर दक्षिणीक्षेत्र अवस्थित जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–७ को रातु नदी तटमा उत्खनन् र ढुवानी गरिरहेका पाँच यान्त्रिक उपकरण (जेसिभी, ट्याक्टर) सशस्त्र प्रहरी बल ९ नम्वर हेडक्वाटर जलसागर (महोत्तरी) को गस्ती टोलीले नियन्त्रणमा लिएको छ । नदी किनार र तटबन्धक्षेत्रमा जथाभावी उत्खनन् गरेको पाइएपछि पाँच उपकरण नियन्त्रणमा लिएको ९ नम्वर गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नियन्त्रणमा लिएका उपकरण आवश्यक कानूनी कारवाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीमा बुझाएको छ । वालुवा, ढुङ्गा निकाल्न जिल्लाको उत्तरीक्षेत्रमा र माटो निकाल्न दक्षिणी क्षेत्रमा उत्खनन् हुने गरेको पाइएको छ । खासमा पछिल्लो पटक माटोको कारोवार गर्नेहरुले दीपावली र छठ पर्वको मुखमा नदी क्षेत्रमा उत्खनन् बढाएका छन् ।

अहिले जिल्लाका सबैजसो नदीक्षेत्रमा प्रत्येक दिनजसो माटो खन्ने र ढुवानी गर्नेको जगजगी बढेको सर्वसाधारणको टिप्पणी छ । जिल्लाको उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगर क्षेत्रका नदीमा भने सदाकाल नै जस्तो क्रसर उद्योगीले अवैध नदी उत्खनन् गर्दै आएका छन् ।(रासस)

  • 14shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend