Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नगरपालिकामा अख्तियारको छापा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
मंसिर ९, २०७७
In विविध
0

९मंसिर,सप्तरी: सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आलोचना हुन थालेपछि आयोगको इटहरी कार्यालयले छापा मारेको हो । अख्तियारले कोरोनासँग सम्बन्धित फाइल लगेको छ ।

नगरपालिकाले कात्तिक २६ गते कोरोना रोकथाम तथा नियन्त्रणमा रु दुई करोड २१ लाख ३४ हजार खर्च भएको विवरण सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएको सो खर्च विवरणमा लाइफब्वाइ साबुनको प्रतिगोटा मूल्य रु तीन हजार ८३१.४२ मा खरिद गरिएको उल्लेख भएपछि चर्को आलोचना भएको थियो । कोरोना रोकथाम तथा नियन्त्रणका नाममा नगरपालिकाले चरम आर्थिक अनियमितता गरेको भन्दै स्थानीयवासीले सूचना उपलब्ध गराउन नगरपालिकामा निवेदन नै दिएका थिए ।

नगरपालिकाले पुनः मङ्सिर ३ गते पत्रकार सम्मेलन गरी स्यानिटाइजर, साबुन, झुल, म्याट्रेस, मास्क, पञ्जालगायतका सामग्री बजार मूल्यअनुसार नै खरिद गरिएको स्पष्टीकरण दिएको थियो । शीर्षकअनुसार खर्च गरी बिल भर्पाइ राखिएको र सार्वजनिक गरिएको आय–व्यय हिसाबको ‘प्रिन्ट मिस्टेक’ भएर सञ्चारमाध्यममा भ्रामक समाचार पुगेको नगरप्रमुख आतेशकुमार सिंह यादवले स्पष्ट पार्ने प्रयास गर्नुभएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले समेत खर्च विवरणमा ‘प्रिन्ट मिस्टेक’ भएकाले खर्च विवरण बढी देखिएको बताउँदै रु एक करोड २७ लाख २९ हजार ४२९ कोरोना शीर्षकमा खर्च भएको जानकारी दिनुभयो । बोदे बर्साइन नगरपालिका कार्यालयले २०७६ चैत २२ गते ९५ वटा साबुन रु तीन लाख ६३ हजार ९८५ लागतमा खरिद गरिएको प्रमाणित खर्च विवरणमा देखाएको थियो । टाइप गर्दा ९५ कार्टुन लेख्नुपर्नेमा कर्मचारीको कमजोरीले ९५ वटा भएको नगरप्रमुख यादवको जिकिर छ ।

सार्वजनिक गरिएको हिसाबको अर्को शीर्षकमा भने साबुनको प्रतिगोटा रु २९९.९६ पैसाको दरले खरिद गरिएको उल्लेख छ । अर्को शीर्षकमा एक हजार ४४० वटा लाइफब्वाइ साबुनलाई रु चार लाख ३१ हजार ९५५ मा खरिद गरिएको हिसाब देखाइएको छ ।(रासस)

  • 14shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५–६ मा काठमाडौंमा

फाल्गुन २९, २०८२
विविध

शहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने : जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं

फाल्गुन २६, २०८२
विविध

बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

फाल्गुन २६, २०८२
विविध

पशुपति मन्दिर क्षेत्रमा ‘नन्द–भाउजु’को दादागिरी

फाल्गुन २५, २०८२
विविध

‘रास्वपाको जित होस्’ भन्दै गरिएको भाकल पूरा, युवाहरूले मन्दिरमा ५५ किलो मिठाई चढाए

फाल्गुन २५, २०८२
विविध

साँझ खण्डग्रास चन्द्रग्रहण : काठमाडौंबाट एक घण्टा सम्म स्पष्ट देखिने

फाल्गुन १९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

“युवामा बढ्दै जोखिमपूर्ण व्यवहार: यौन शिक्षाको अभाव प्रमुख कारण”

फाल्गुन २९, २०८२

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५–६ मा काठमाडौंमा

फाल्गुन २९, २०८२

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री शुरु

फाल्गुन २९, २०८२

दिनको सुरुवात योग र ध्यानबाट गर्दा मानसिक स्वास्थ्यमा सुधार

फाल्गुन २९, २०८२

पोखरामा सम्पन्न नेपाल–भारत बैठक : विद्युत खरिद दरमा १.५ प्रतिशत वृद्धि

फाल्गुन २९, २०८२

शहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने : जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं

फाल्गुन २६, २०८२

बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

फाल्गुन २६, २०८२

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend