२१ पुस, काठमाडौं : नेपाल प्रहरीका ३० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको निर्णय अनुसार भएको सरुवामा केही जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन् । सरुवा सूची अनुसार जिल्ला धनुषामा प्रकाश रानाभाटले जिम्मेवारी पाएका छन् ।उनको साविक दरबन्दी महानगरीय अपराध महाशाखा काठमाडौं मा रहेको थियो। हाल धनुषामा रहेका एसपी रमेश कुमार बस्नेत महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा भएका छन् ।
थप हेर्नुस् सूची






आफ्नो प्रतिकृया दिनुहोस्