२५बैशाख, काठमाडौं: नेपाल पत्रकार महासंघले कोरोना भाइरसको समाचार सम्प्रेषण सम्बन्धी निर्देशिका जारी गर्दै पालना गर्न पत्रकारहरु लाई आग्रह गरेको छ।पत्रकारजन मा कोरोना सङ्क्रमणको संख्या बढ्न थाले पछि महासंघले यस्तो निर्देशिका ल्याएको हो । अहिलेसम्म देशभर ६८० जना पत्रकार संक्रमित भइसकेका छन् भने सात जनाको मृत्यु भएको समाचार छ।


विश्व स्वास्थ्य सङ्गठन(डब्लूएचओ)ले तयार गरेको स्वास्थ्य सम्बन्धी मापदण्डका आधारमा निर्देशिका जारी गरिएको महासङ्घले जनाएको छ। जसमा कोरोनासम्बन्धी समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने कुरा उल्लेख गरिएको छ। महासंघले कोरोना सम्बन्धी समाचार प्रवाह गर्दा त्रसित बनाउने गरी नलेख्न जानकारी गराएको छ भने यसलाई कुनै देश, क्षेत्र वा समुदायसँग जोडेर नलेख्न पनि सचेत गरिएको छ ।





















आफ्नो प्रतिकृया दिनुहोस्