Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

लगातार वर्षाका कारण सडक विस्तार ठप्प

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ १४, २०७८
In विविध
0

१४ जेठ,नवलपुर : लगातार भएको वर्षाको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारको काम रोकिएको छ । बुधबार बिहानदेखि परेको अविरल वर्षाका कारण सडक विस्तारको काम ठप्प भएको नारायणगढ–बुटवल सडक आयोजना खण्ड १ का सूचना अधिकारी इन्जिनीयर कृष्ण आचार्यले जानकारी दिनुभयो ।“जिल्लामा तीन दिनदेखि निरन्तर पानी परिरहेको छ”, आचार्यले भन्नुभयो, “बुधबार केही काम भएको भए पनि बिहीबार र शुक्रबार भने सडक विस्तारको कुनै पनि काम हुन सकेको छैन ।”

पानी परिरहेका कारण कामदार निर्माणस्थलमा नआउनु तथा काम खुला ठाउँमा हुने भएकाले प्रभावित भएको आचार्यले बताउनुभयो । नारायणगढ–बुटवल सडक विस्तारका क्रममा माटो भर्ने, ड्रेन निर्माण गर्ने, रूख काट्ने तथा पुल निर्माणको काम भइरहेको थियो ।“कोरोना महामारीका कारण काम प्रभावित भइरहेको अवस्थामा निरन्तर परेको पानीले काम नै ठप्प भएको छ”, आचार्यले भन्नुभयो, “यो क्रम निरन्तर देखिइरह्यो भने निर्धारित समयमा काम सक्न मुस्किल हुन्छ ।”

कर्मचारीको आन्दोलनदेखि विभिन्न कारणले काममा ढिला भएको जनाउँदै उहाँले प्राकृतिक कारणले समेत काममा अवरोध सिर्जना हुने गरेको बताउनुभयो । सडक विस्तारको काम शुरु भएको २६ महिना सकिँदासमेत सडक विस्तारको प्रगति भने जम्मा छ प्रतिशत मात्रै भएको छ ।राष्ट्रिय गौरवको आयोजनामध्येको उक्त सडक आयोजनाअन्तर्गत हाल दुई लेन रहेको सडकलाई चार लेनमा विस्तार गरिँदैछ ।

शहरी क्षेत्रमा अतिरिक्त दुई लेन हुने सडकको दाउन्ने पहाडमा भने तीन लेनमा मात्रै विस्तार गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङ कर्पोरेशनले काम लिएको छ । हाल गैँडाकोट नगरपालिका क्षेत्रको सडकमा साना पक्की पुल, सडक किनारमा माटो भर्ने तथा ड्रेन निर्माण र अरुणखोला क्षेत्रमा सडक किनारका रूख काट्ने काम भइरहेको थियो ।नारायणगढ–बुटवल सडकको ११४ किलोमिटर क्षेत्रलाई दुई खण्डमा विभाजन गरेर निर्माणको ठेक्का लगाइएको छ ।

गैँडाकोटको पुलचोकदेखि दाउन्नेसम्म खण्ड १ को ६५ किलोमिटर तथा दाउन्नेदेखि बुटवलसम्म खण्ड २ मा ४९ किलोमिटर पर्दछ । ग्लोबल टेन्डरमार्फत दुवै खण्डको विस्तारको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्शनले करीब रु १७ अर्बमा लिएको थियो । निर्माण शुरु भएको ३६ महिनाभित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेर कम्पनीले विसं २०७५ चैत ८ गतेबाट कामको शुभारम्भ गरेको थियो । (रासस)

  • 4shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

विद्यार्थीलाई कक्षाबाट निकालेर जनप्रतिनिधि बाटै विद्यालयमा तालाबन्दी

जेष्ठ ७, २०८२
विविध

आठ घण्टा देखि बीपी राजमार्ग अवरुद्ध

बैशाख ३०, २०८२
विविध

शिक्षकको कुटाइबाट १३ वर्षीय विद्यार्थी अस्पताल भर्ना

बैशाख २६, २०८२
विविध

सुधार केन्द्रमा यातना : प्रहरीले गर्यो सोधपुछ

बैशाख २२, २०८२
विविध

सुधार केन्द्र भर्ना भएका व्यक्तिहरूलाई शारीरिक यातना !

बैशाख २२, २०८२
विविध

जनकपुर धाम को  मन्दिर जग्गा अतिक्रमण प्रकरण : महन्त कै मिलोमतोमा बनेको अवैध संरचना भत्काइने 

चैत्र २३, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

ऐतिहासिक तथा सांस्कृतिक नगरी कीर्तिपुर

जेष्ठ ११, २०८२

पानीको मुलुकमा पिउने पानीकै हाहाकार : नेता निधि

जेष्ठ ११, २०८२

रामेछापमा ससुरा द्वारा बुहारीको खुकुरी प्रहार गरी हत्या

जेष्ठ ११, २०८२

काठमाडौं उपत्यकामा बल्नै छाडे ट्राफिक लाइट, हातको इशारामा प्रहरी

जेष्ठ ११, २०८२

प्रचण्डको व्यंग्य: प्रधानमन्त्री ओलीलाई मानसिक जाँच गराउन सुझाव

जेष्ठ ११, २०८२
Black and Grey Modern Festival Music Instagram Post - 1

रुस–युक्रेन युद्ध: आक्रमण जारी, किभमा क्षेप्यास्त्र र ड्रोन हमला, ठूलो क्षति

जेष्ठ ११, २०८२

षट्कोण आर्ट्सको नयाँ फिल्म ‘लालीबजार’ को मिनिमल पोस्टर सार्वजनिक

जेष्ठ ११, २०८२

लुकि-छिपी ट्राफिक चेकजाँच माथि पुन: प्रश्न, दुर्घटनाको जोखिम बढ्दो

जेष्ठ ११, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend