Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सेनाको अगुवाइमा हिमालबाट २८ हजार किलो फोहर संकलन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २२, २०७८
In विविध
0

२२जेठ,काठमाडौँ : नेपाली सेनाले विश्व वातावरण दिवसका अवसरमा सफा हिमाल अभियानमा सम्लग्न सैनिक टोली र सहयोगी संस्थालाई कदरपत्र प्रदान गरेको छ । सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित कार्यक्रममा प्रबन्धरथी उपरथी गोकुल भण्डारीले उहाँहरुलाई कदरपत्र प्रदान गर्नुभएको हो । सेनाको अगुवाइमा सर्वाेच्च शिखर सगरमाथा सहित ल्होत्से, मकालु, धवलागिरी, पुमोरी र आमादब्लम हिमालबाट गत चैत ३१ ग्तेदेखि यही जेठ १५ सम्म २७ हजार ६७१ किलो फोहर संकलन गरिएको थियो ।

अभियानका क्रममा संकलन गरेको नकुहिने २५ हजार १६६ फोहर प्रशोधनका लागि काठमाडौ ल्याएर सम्वन्धीत संस्थालाई हस्तान्तरणका साथै कुहिने २ हजार ५०५ किलो सम्वन्धित क्षेत्रका स्थानीय तहलाई बुझाइएको थियो । यस क्रममा धौलागिरी हिमालको आधार शिविरमा भेटिएका दुई शव र सगरमाथाको चौथो क्याम्पमा फेला परेका दुई शव उचित व्यवस्थापनका लागि सम्बन्धित अधिकारीलाई बुझाईका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कदरपत्र हस्तान्तरण कार्यक्रममा उपरथी भण्डारीले अभियानले हिमाल सफाई सम्बन्धमा आम जनतालाई सूसूचित गराउन,मुलुकको अमूल्य नीतिका रुपमा रहेका हिमालको मनोरम कायम राख्न तथा नागरिक– सैनिक सम्वन्ध विस्तार र सहकार्यमा नमूना प्रस्तुत भएको बताउनुभयो । सेनाले सन् २०१९ मा सगरमाथा हिमाल सफाइका क्रममा १० टन फोहरसगै विभिन्न मितिमा हिमाल आरोहरणका क्रममा ज्यान गुमाएका ४ आरोहिको शव काठमाडौ ल्याएर सम्बन्धित परिवारलाई हस्तान्तरण गरेको थियो ।

सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक हिमांशु खड्काले सेनाको अगुवाईमा ४३ सैनिक र ६९ गैरसैनिक सम्मिलित पाँच टोली बनाएर अभियानका क्रममा छ हिमालबाट फोहर संकलन गरिएको जानकारी दिनुभयो । ‘हिमाल हाम्रो शान भएकाले जति सक्दो सफा राखौ’ भन्ने सन्देशसहित सञ्चालन गरिएको अभियान निकै प्रभावकारी भएको सो अवसरमा जानकारी दिइयो ।

वन तथा वातावरण मन्त्रालय वातावरण महाशाखाका महानिर्देशक धनन्जय पौडेलले अभियान मार्फत हिमालको महत्व र सरसफाई सम्वन्धमा ठिक ढंगबाट जनचेतना प्रवाह भएको बताउनुभयो । अभियानका क्रममा तीन जना सैनिक र दुई जना गैरसैनिकले आमादब्लम हिमालको सफल आरोहण समेत गरेका थिए । कार्यक्रममा अभियान सफल तुल्याउन सहयोग पुर्याउने संघ संस्थालाई समेत प्रतिनिधिमूलकरुपमा प्रशंसा पत्र प्रदान गरियो।(रासस)

  • 9shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend