Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सेनाको अगुवाइमा हिमालबाट २८ हजार किलो फोहर संकलन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २२, २०७८
In विविध
0

२२जेठ,काठमाडौँ : नेपाली सेनाले विश्व वातावरण दिवसका अवसरमा सफा हिमाल अभियानमा सम्लग्न सैनिक टोली र सहयोगी संस्थालाई कदरपत्र प्रदान गरेको छ । सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित कार्यक्रममा प्रबन्धरथी उपरथी गोकुल भण्डारीले उहाँहरुलाई कदरपत्र प्रदान गर्नुभएको हो । सेनाको अगुवाइमा सर्वाेच्च शिखर सगरमाथा सहित ल्होत्से, मकालु, धवलागिरी, पुमोरी र आमादब्लम हिमालबाट गत चैत ३१ ग्तेदेखि यही जेठ १५ सम्म २७ हजार ६७१ किलो फोहर संकलन गरिएको थियो ।

अभियानका क्रममा संकलन गरेको नकुहिने २५ हजार १६६ फोहर प्रशोधनका लागि काठमाडौ ल्याएर सम्वन्धीत संस्थालाई हस्तान्तरणका साथै कुहिने २ हजार ५०५ किलो सम्वन्धित क्षेत्रका स्थानीय तहलाई बुझाइएको थियो । यस क्रममा धौलागिरी हिमालको आधार शिविरमा भेटिएका दुई शव र सगरमाथाको चौथो क्याम्पमा फेला परेका दुई शव उचित व्यवस्थापनका लागि सम्बन्धित अधिकारीलाई बुझाईका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कदरपत्र हस्तान्तरण कार्यक्रममा उपरथी भण्डारीले अभियानले हिमाल सफाई सम्बन्धमा आम जनतालाई सूसूचित गराउन,मुलुकको अमूल्य नीतिका रुपमा रहेका हिमालको मनोरम कायम राख्न तथा नागरिक– सैनिक सम्वन्ध विस्तार र सहकार्यमा नमूना प्रस्तुत भएको बताउनुभयो । सेनाले सन् २०१९ मा सगरमाथा हिमाल सफाइका क्रममा १० टन फोहरसगै विभिन्न मितिमा हिमाल आरोहरणका क्रममा ज्यान गुमाएका ४ आरोहिको शव काठमाडौ ल्याएर सम्बन्धित परिवारलाई हस्तान्तरण गरेको थियो ।

सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक हिमांशु खड्काले सेनाको अगुवाईमा ४३ सैनिक र ६९ गैरसैनिक सम्मिलित पाँच टोली बनाएर अभियानका क्रममा छ हिमालबाट फोहर संकलन गरिएको जानकारी दिनुभयो । ‘हिमाल हाम्रो शान भएकाले जति सक्दो सफा राखौ’ भन्ने सन्देशसहित सञ्चालन गरिएको अभियान निकै प्रभावकारी भएको सो अवसरमा जानकारी दिइयो ।

वन तथा वातावरण मन्त्रालय वातावरण महाशाखाका महानिर्देशक धनन्जय पौडेलले अभियान मार्फत हिमालको महत्व र सरसफाई सम्वन्धमा ठिक ढंगबाट जनचेतना प्रवाह भएको बताउनुभयो । अभियानका क्रममा तीन जना सैनिक र दुई जना गैरसैनिकले आमादब्लम हिमालको सफल आरोहण समेत गरेका थिए । कार्यक्रममा अभियान सफल तुल्याउन सहयोग पुर्याउने संघ संस्थालाई समेत प्रतिनिधिमूलकरुपमा प्रशंसा पत्र प्रदान गरियो।(रासस)

  • 9shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

शिक्षकको कुटाइबाट १३ वर्षीय विद्यार्थी अस्पताल भर्ना

बैशाख २६, २०८२
विविध

सुधार केन्द्रमा यातना : प्रहरीले गर्यो सोधपुछ

बैशाख २२, २०८२
विविध

सुधार केन्द्र भर्ना भएका व्यक्तिहरूलाई शारीरिक यातना !

बैशाख २२, २०८२
विविध

जनकपुर धाम को  मन्दिर जग्गा अतिक्रमण प्रकरण : महन्त कै मिलोमतोमा बनेको अवैध संरचना भत्काइने 

चैत्र २३, २०८१
विविध

मन्दिरको जग्गामा मधेश प्रदेश सांसदको घर निर्माण : स्थानीयको विरोध

चैत्र १९, २०८१
विविध

गेटा अस्पताल कैलालीको निर्देशकमा डा. प्रमोद यादव नियुक्त

चैत्र ६, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

चलचित्र ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक, भदौ २७ गते बाट प्रदर्शनमा आउने

बैशाख ३०, २०८२

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा रौतहटमा युवक पक्राउ

बैशाख ३०, २०८२

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२

नेपालले दक्ष नर्स उत्पादन गर्छ तर विदेशले फाइदा लिइरहेको छ

बैशाख २९, २०८२

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२

जसपा नेपाल धनुषाको अध्यक्षमा पुन: पशुपति यादव

बैशाख २९, २०८२

बुद्धका मार्गदर्शनले दृष्टि सम्यक्, विचार शुद्ध र कर्म उज्यालो बनोस् : प्रधानमन्त्री ओली

बैशाख २९, २०८२

किराँत समुदायमा आज उभौली पर्व, चण्डी पूर्णिमा र चण्डेश्वरी जात्राको पनि शुभारम्भ

बैशाख २९, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend