Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

तीन वर्षमा एउटै सडकमा रु ५६ लाख खर्च

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १, २०७८
In प्रदेश
0

जलेश्वर, १ असार : महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं.३(ख) बाट प्रदेशसभा सदस्य रानीकुमारी तिवारीले तीन वर्षदेखि एउटै सडकमा रु ५६ लाख हालेर लाखौं रुपैयाँ अनियमितता गरेको आरोप लागेको छ । सांसद तिवारीले तीन आर्थिक वर्षदेखि एउटै सडक बनाउने योजनामा पटकपटक गरी ५६ लाख रुपैया खर्च गरिसके पनि अझै सो सडकमा पानी जमेको छ । उहाँले जिल्लाको एकडारा गाउँपालिका–४ चकवा गाउँमा सडक बनाउने नाउँमा ठूलो रकम खर्च गरिसकेको भएपनि सो सडकमा अझै पानी रहेको छ ।

यस सडकमा एउटा साइकल पनि चल्न नसक्ने अवस्था रहेको छ भने पैदल यात्रु समेतलाई आवतजावत गर्न सास्ती झेल्नु परेको स्थानीय ललित नारायण मिश्रले आरोप लगाउनुभयो । प्रदेश साँसद तिवारीले सो ठाउँमा ठूलो सरकारी रकमको दुरुपयोग गरी व्यक्तिगत पोखरीमा लगानी गरेर पोखरी संरक्षण गरिदिएको र ठूलो कमिशन खाएको स्थानीयहरु आरोप लगाउँछन् । उपभोक्ता समिति बनाएर प्रदेश सांसद तिवारीले सो पोखरीमा पर्खाल निर्माणका लागि पहिलो पटक रु २१ लाख, दोस्रो पटक रु १६ लाख र तेस्रो पटक रु १५ लाख तथा पार्किङ्ग र जाली हाल्नका लागि रु.तीन/तीन लाख गरी जम्मा रु ५६ लाख लगानी गर्नुभएको स्थानीयवासी उपेन्द्र यादवले बताउनुभयो ।

सो पोखरी धनीहरु जलेश्वर नगरपालिका–१ बस्ने रामजतन साह र दिनेश साहले प्रदेश सांसद तिवारीले आफ्नो पोखरीको संरक्षण नभएर अतिक्रमण गरी आफ्नो व्यक्तिगत सम्पति सडमा मिचेको आरोप लगाउनुभएको छ । उहाँहरुले प्रदेश सांसद तिवारीले सो पोखरीमा सडक निर्माणका लागि नभएर आफ्नो कार्यकर्ता पाल्नका लागि बजेट लगानी गरेको र ठूलो रकमको भ्रष्टाचार गरेको आरोप लगाउनुभयो ।

यस सम्बन्धमा प्रदेश सभा सदस्य तिवारीसँग सोधपुछ गर्दा उहाँले चकवाबासीसहित त्यस क्षेत्रका जनतालाई सो सडक भएर आवतजावत गर्न निक्कै कठिनाइ भइरहेको बेला आफूसँग त्यस सडकमा केही बजेट हालेर सडक निर्माण गरिदिन आग्रह गर्दा आफूले त्यहाँ लगानी गरिदिएको बताउनुभयो । उहाँले आफूले विभिन्न मन्त्रालय तथा कार्यालयसँग समन्वय गरेर त्यहाँ सडक निर्माण र मन्दिर संरक्षण गर्ने उद्देश्यले पोखरीमा पर्खाल निर्माण गरेको बताउनु हुँदै कसैको व्यक्तिगत पोखरी संरक्षण नगरेको तर्क प्रस्तुत गर्नुभयो ।(रासस)

  • 47shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
प्रदेश

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

चैत्र ३, २०८२
प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend