जनकपुरधाम,अषाढ ३ : मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत संञ्चालन हुने कोभिड विशेष अस्पतालको मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा एक कार्यक्रम बीच आज शुभारम्भ गर्नु भएको छ । विगत १ वर्ष अघि देखी नै उक्त भवनमा कोभिड विशेष अस्पताल संचालन गर्न प्रयास गरिए पनि प्रदेश २ सरकारले जनकपुरधामको मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालको प्रयोग विहिन भवनलाई मर्मत सम्भार गरेर एक सय सैयाको कोभिड विशेष अस्पताल आज देखी संचालनमा ल्याएको हो ।

अस्पतालको उदघाटन गर्नु हूँदै प्रतिष्ठानका कुलपति समेत रहनु भएका मुख्यमन्त्री लालबाबु राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड संक्रमितहरुको उपचारका अतिरिक्त अन्य विशेष सेवा छिट्टै शुरू गर्ने बताएका छन । शिक्षण अस्पताल संचालनका लागी सरकारबाट जग्गा भाडामा लिएका मणिपालले दशकौं बिति सक्दा पनि अस्पताल संचालन गर्न नसकेकाले मणिपालको लिज खारेज गराई उक्त जग्गा प्रतिष्ठान अन्तर्गत ल्याउने पहल शुरू गरिएको भन्दै मुख्यमंत्री राउतले राज्यको अरबौको सम्पति कुनै संस्थाले यसरी राख्न नपाउने बताए ।

उक्त कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साहले यो प्रतिष्ठान प्रदेश सरकारको गौर–व सम्मत योजना रहेको र स्वास्थ्य उपचारका क्षेत्रमा मुलुककै एक उदाहरणीय नमूना बन्ने विश्वास प्रकट गरेका छन ।प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा जनकपुरधाम उपमहानगरपालिका का मेयर लाल किशोर साह ,मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, सुरक्षा निकायका प्रमुखहरु, प्रतिष्ठानका पदाधिकारी तथा प्रादेशिक अस्पतालका प्रमुख एवं राजनीतिक व्यक्तित्व, स्वास्थ सेवाका कर्मचारी तथा चिकित्सक सहितको बाक्लो उपस्थिति रहेको थियो । प्रतिष्ठानले यसै शैक्षिक सत्रदेखि विपिएच, बिएन, बिएमएलटी लगायतको अध्यापन शुरू गर्ने श्रोत द्वारा जनाइएको छ । ।



















आफ्नो प्रतिकृया दिनुहोस्