Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

डेनमार्क र आयरल्याण्डबाट स्वास्थ्य सामग्री प्रदान

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ५, २०७८
In विविध
0

काठमाडौँ, ५ असार : डेनमार्क र आयरल्याण्डले नेपाललाई विभिन्न स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । युरोपियन युनियन (ईयु) सदस्य राष्ट्रहरुले उसको नागरिक सुरक्षा संयन्त्र मार्फत कोभिडको भयानक दोस्रो लहर विरुद्ध लड्न डेनमार्क र आयरल्याण्डले नेपाललाई सहयोग पुर्याउन उक्त सामग्री उपलब्ध गराएका हुन् । डेनमार्कले प्रदान गरिएका स्वास्थ्य सामग्रीहरुमा २६ वटा भेन्टिलेटर, ५० वटा नासल अक्सिजन क्यानल्स्, ९६ हजार फेस् शिल्ड्, ९२ हजार गाउन र ९२ हजार एफ्एफ्पीटुमास्क रहेको छन् ।

ती सामग्रीहरु यही असार ३ गते पहिलो चरणमा ल्याइएको थियो भने बाँकी सामग्री आजै नेपाल ल्याइँदैछ । यस्तै आयरल्याण्डले पनि ७२ वटा अक्सिजन कन्सन्ट्रेटर, १२ वटा बिपिएपी एयर फ्लो मेसिन, ४४ वटा भेन्टिलेटर, ४०० वटा पल्स् अक्सिमिटर, ५० वटा रेस्पिरेटरी मोनिटर, ५० वटा डिफिब्रिलेटर, १०० वटा थर्मामिटर, ७२८ वटा अक्सिजन रेगुलेटर, ३९८ एयर रेगुलेटर, दुई लाख एक हजार ६०० वटा फेस् शिल्ड् र १० लाख आठ हजार सर्जिकल मास्क उपलब्ध गराएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक समारोहका बीच स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई ईयुकी राजदूत नोना डेप्रे र नेपालका लागि डेनमार्कका महावाणिज्यदूत हरि धरेलले हस्तान्तरण गर्नुभएको थियो । यो सहयोग नेपाल सरकारबाट सहयोगका लागि पछिल्लो पटक आह्वान भएपछि प्रदान गरिएको हो । सो अवसरमा मन्त्री तामाङले कोभिड १९ विरुद्ध लड्दै गरेको नेपाललाई एक्यवद्धतास्वरुप आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्नु हुने इयुका सदस्य राष्ट्रहरुप्रति नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा ईयुकी राजदूत डेप्रेले इयुसो सहयोग नेपाललाई आवश्यकता भएको तथा आपतको बेला निरन्तर जारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो महामारीको सुरुवात देखि नै ‘टिम युरोप’ नेपालसँगै उभिएको छ र यस किसिमको सहयोग गर्न हामी तयार छौँ । सबैजना सुरक्षित नभएसम्म कोही पनि सुरक्षित हुँदैन ।”

महावाणिज्य दूत धरेलले दुई देशबीच लामो समयदेखि मैत्री सम्बन्ध रहिआएको र नेपालको विकासमा महत्वपूर्ण योगदान गर्दै आएको डेनमार्कले विगतका प्राकृतिक विपद्का समयमा पनि सहयोग गरेको र यसपटक पनि कोभिडविरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराइदिएकामा डेनमार्क सरकारप्रति आभार व्यक्त गर्नुभयो । यसअघि स्पेन, फिनल्याण्ड, फ्रान्स, बेल्जियम र जर्मनी, स्लोभेनिया, अष्ट्रिया र माल्टा पनि नेपाललाई विभिन्न चिकित्सा सामग्री सहयोग गरिसकेका छन् ।(रासस)

  • 14shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend