Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सेनाको हेलिकप्टरबाट इन्धन पठाइने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ९, २०७८
In विविध
0

काठमाडौँ, ९ असार : मनाङमा सडक खुलाउन प्रयोग गरिने उपकरणमा इन्धन अभाव भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट इन्धन पठाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज नेपाली सेना, सडक विभाग, सम्बन्धित स्थानका जनप्रतिनिधि, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधि सहभागी बैठकमा सडक अवरुद्ध हुँदा स्थानीयवासीको जीवन कष्टकर भएकाले चाँडो खुलाउन पहल गर्ने विषयमा छलफल भएको थियो ।

झण्डै १० दिनदेखि अवरुद्ध सडक खुलाउने विषयमा सरोकारवाला निकायसँगको छलफलपछि मातहतका निकायलाई निर्देशन दिंदै भौतिक पूर्वाधार मन्त्री बसन्तकुमार नेम्वाङले बाढीपहिरोका कारण अवरुद्ध सडक तत्काल खुलाउन लाग्नुपर्ने बताउनुभयो । आज भएको छलफलमा सो सडक खण्डमा भएको क्षतिको विस्तृत अध्ययन गर्न नेपाली सेना र सडक विभागको प्राविधिक टोली शुक्रबार पठाउने निर्णय भएको छ ।

बाढीपहिरोका कारण बेंसीशहर–चामे सडक अरुद्ध हुँदा मनाङ जिल्ला सडक सञ्जालबाट बिच्छेद भएको छ । जेठ ३१ जेठ रातिदेखि आएको अबिरल वर्षाका कारण बाढीपहिराले सडक भत्काउँदा यातायात अवरुद्ध भएको थियो । अहिले सडक विभागले बेंसीशहरदेखि १८ किलोमिटरसम्म सडक खुलाएको छ भने बाँकी खण्डको अवरोध हटाउने प्रयास भइरहेको छ । बाढीपहिराका कारण चामेका ५६ घरमा पूर्ण क्षति पुगेको र २०० भन्दा बढी घर जोखिममा रहेका छन् ।

छलफलमा विघटित प्रतिनिधिसभाका सदस्य पोल्देन छोपाङ गुरुङ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल, नेपाली सेनाका प्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा सहभागी रहनु भएको थियो । (रासस)

  • 83shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

शिक्षकको कुटाइबाट १३ वर्षीय विद्यार्थी अस्पताल भर्ना

बैशाख २६, २०८२
विविध

सुधार केन्द्रमा यातना : प्रहरीले गर्यो सोधपुछ

बैशाख २२, २०८२
विविध

सुधार केन्द्र भर्ना भएका व्यक्तिहरूलाई शारीरिक यातना !

बैशाख २२, २०८२
विविध

जनकपुर धाम को  मन्दिर जग्गा अतिक्रमण प्रकरण : महन्त कै मिलोमतोमा बनेको अवैध संरचना भत्काइने 

चैत्र २३, २०८१
विविध

मन्दिरको जग्गामा मधेश प्रदेश सांसदको घर निर्माण : स्थानीयको विरोध

चैत्र १९, २०८१
विविध

गेटा अस्पताल कैलालीको निर्देशकमा डा. प्रमोद यादव नियुक्त

चैत्र ६, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

चलचित्र ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक, भदौ २७ गते बाट प्रदर्शनमा आउने

बैशाख ३०, २०८२

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा रौतहटमा युवक पक्राउ

बैशाख ३०, २०८२

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२

नेपालले दक्ष नर्स उत्पादन गर्छ तर विदेशले फाइदा लिइरहेको छ

बैशाख २९, २०८२

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२

जसपा नेपाल धनुषाको अध्यक्षमा पुन: पशुपति यादव

बैशाख २९, २०८२

बुद्धका मार्गदर्शनले दृष्टि सम्यक्, विचार शुद्ध र कर्म उज्यालो बनोस् : प्रधानमन्त्री ओली

बैशाख २९, २०८२

किराँत समुदायमा आज उभौली पर्व, चण्डी पूर्णिमा र चण्डेश्वरी जात्राको पनि शुभारम्भ

बैशाख २९, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend