Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

धनुषामा जिल्ला स्तरीय काँग्रेस कार्यकर्ता भेला तथा शुभ कामना अदान प्रदान कार्यक्रम

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक २२, २०७८
In विविध
0

रवि मण्डल, जनकपुरधाम,२२ कार्तिक । नेपाली काँग्रेस जिल्ला कार्य समिती धनुषाले बृहत्तर जनकपुर क्षेत्र विकासको परिषदको सभाहलमा जिल्ला कार्यकर्ता भेला तथा तथा छठपर्व को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

ने.का.का केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश नं.२ का नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रदेश सरकारमा रहेका भौतीक पुर्वाधार तथा यातायात मन्त्री राम सरोज यादव, केन्द्रीय सदस्य महेन्द्र यादव,रामकृष्ण यादव,आनन्द प्रसाद ढुंगाना, फर्मुल्लाह मनसुर,स्मृतिनारायण चौधरी,मिनाक्षी झा लगायतका वक्ताहरूले आ-आफ्नो मन्तव्य दिएका थिए।

उक्त कार्यक्रममा प्रदेशमंत्री राम सरोज यादवले बजेट भाषण हुनु भन्दा २ दीन पहिले मात्र आफु मंत्रीमा नियुक्त भएको हुदाँ कम बजेटको कारण नागरिकहरुले चाहेको प्रदेश क्षेत्रमा बजेट मिलाउन आफुलाई आच्छु बाच्छु भएको आत्म-आलोचना गर्दै आब ल्याइने बजेटमा प्रदेश अन्तरगतका सबै जिल्ला,नगर,गाउँ तथा बस्तीको समस्या समाधान हुनेमा विश्वास व्यक्त गरेका थिए। यदुवंसी जस्तै आफैमा लडेर नाश तर्फको मुख हेर्नु भन्दा पार्टी भित्रका उत्पन्न भएको समस्या समयमै अन्त गरिनु पर्ने समेतमा प्रदेशमंत्री यादवले जोर दिएका थिए।

ने.का.का केन्द्रीय सदस्य फर्मुल्लाह मनसुरले पार्टी भीत्र बाटनै भएको विवादास्पद आक्रमणले गर्दा पार्टी सामुन्ने विकट परिस्थिति सिर्जना भएको बताए। नेताहरुलाई विश्वासमा लिन नसकेको कारण ओली सरकार जस्तै यो सरकारको पनी हालत हुनेमा चिन्ता प्रकट गरे। विभिन्न शिर्षकमा सरकारले झन्डै ३५ अरब को राहत पैकेज ल्याउन थालेको जानकारी दिदैं नेता मनसुरले नागरीकता सम्बन्धी विवादलाई विशेष विधेयक मार्फत चाडैं पहल गरिने अस्वाशन दिएका छन्।

नेपालको सिमावर्ती क्षेत्रमा मल खाद्य को अत्यन्त अभाव रहने गरेको हुदाँ खुला बोर्डर बाट साधारण किसानहरुले सायकलमा ल्याउने खाद्य प्रहरीले समात्ने गरेको र ट्रकहरु बाट भैरहेको खुला तस्करी रोक्न प्रहरी असफल भन्दै गृहमंत्री सामुन्ने आफ्नो आक्रोश व्यक्त गरे। मधेशी पार्टीहरुमा एक्ला एक्लै लड्ने सामर्थ्य नरेहेकोले उनीहरु अपवीत्र गठबन्धनमा गएको समेत नेता फर्मुल्लाह मनसुरले आरोप लगाएका छन्। सो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा छ।

ने.का.का केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँडले धनुषाको यस एतिहासिक कार्यक्रममा आफुले सबैलाई सम्मान गर्न चाहेको तथा सबैको सहमतीबाट एक लोकत्रान्तिक माहोल स्थापना गर्नु पर्नेमा चर्चा गरेका छन् । यो सरकारले जनताको जीवनरक्षाको लागि जुन सुकै बलिदान दीन तयार रहेको भन्दै कसैले पार्टीका नेताहरुलाई असफल बनाइ आफु सफल हुनेमा नसोच्न मंत्री भनेका छन्।पद कसले पाउला,मंत्री को बन्ला ,मुख्यमंत्री को बन्ला यस विषय धेरै विवाद गरे पार्टीको हालत ओली जस्तै हुने जस्तोमा गम्भीर हुन् सबैमा आग्रह गरे।

ओलीवाद कै कारण आज एमालेमा अंधवाद शुरु भएको स्मरण गराउदै पार्टीको कमी कमजोरी लाई समयमै सम्बोधन गर्नुमा मन्त्री खाँडले जोड दिएका थिए। सरकारले प्रहरी लाई १५ प्रतीशत रासन भत्तामा वृद्धि तथा रिटायर हुने बेला ५ वटा ग्रेड थप्ने निर्णय गरेको र चाडैं नै तल्लो तहको प्रहरी जवान अधीकृतहरुको लागी एक विशेष पैकेजको घोषणा गर्ने बताए।अब बन्ने सबै सरकारी तथा समाजीक भवन लाई अपांग मैत्री बनाउन प्रतिबध्ता गर्दै गृहमन्त्री बालकृष्ण खाँडले छठपर्वको अवसरमा उपस्थित प्रदेशमंत्री,पुर्व मंत्री,सांसद,पुर्व सांसद,कार्यकता,सक्रिय कार्यकता,जिल्ला अध्यक्ष,विभिन्न पदमा रहेका अध्यक्ष,सदस्य लगायत धनुषाका सबै वर्तालु तथा उनका परिवारमा शुभकामना व्यक्त गरेका थिए।

जिल्ला उपसभापति संतोष यादवको सभापतित्वमा कार्यक्रम आयोजीत गरिएको थियो भने कार्यक्रम संचालन धनुषाका पार्टी जिल्ला सचिव बिशेश्वर यादवले गरेका थिए। कार्यक्रममा प्रमुख अथिति गृहमन्त्री खाँडलाई महोत्तरीका नेपाल तरूण दल तथा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको तर्फबाट अध्यक्ष शालिग्राम सिंह र कार्यकारी निर्देशक बलराम ठाकुर ले सम्मान गरेका थिए ।

  • 10shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend