जनकपुरधाम, पुस २९ : प्रदेश नं.२ का मुख्यमंत्री लालबाबु राउतले (covid-19)को सम्भावित तेस्रो लहरको लागी तैयारी अवस्थामा रहन सरोकारबालाहरुलाई निर्देशन दिनु भएको छ ।
(Covid-19)को Omicron Variant संग लडन प्रदेश स्थित स्वास्थ्य संस्थाहरुको अवस्था तथा अगामी दिनमा गर्नु पर्ने तैयारी बारे छलफल गर्न मुख्यमंत्री निवासमा मधेश भवनमा आज सम्पन्न प्रदेश कोभिड १९ संकट व्यवस्थापन केन्द्र (PCCMC)को बैठकलाई सम्बोधन गर्नु हूँदै मुख्यमंत्री राउतले सो निर्देशन दिनु भएको हो ।
छिमेकी मुलुक भारत लगायतको देशमा बढदैको गएको Omicron Variant बाट प्रदेश २ पनि प्रभावित हुन सक्ने सम्भावना रहेको भन्दै मुख्यमंत्री राउतले उक्त भेरियन्ट संग लडन तैयारी अवस्था रहनु बाहेकको विकल्प आफुहरु संग नरहेको बताउनु भयो ।
बैठकका सहभागीहरुले प्रदेश भरि रहेको सरकारी अस्पतालको अवस्था, (covid-19) संग लडन आवश्यक उपकरण, किट लगायतको सामग्रीहरुको उपलब्धता तथा अगामी दिनमा व्यवस्था गर्नु पर्ने सामग्रीहरु बारे ब्रिफिङ्ग गरेका थिए ।

मुख्यमंत्री राउतको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा प्रदेश सरकारका मंत्रीहरुका साथै सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्य संग सम्बन्धित निकायहरुका प्रमुखहरु, विज्ञहरु सहितको उपस्थिति रहेको थियो ।श्रोत : मुख्यमन्त्री संचार सचिवालय
आफ्नो प्रतिकृया दिनुहोस्