जनकपुरधाम,१४ फाल्गुन,बिरेन्द्र कर्ण : जनकपुरधाम उप- महानगरपालिका वडा नं. ८ स्थित जानकी आँखा अस्पतालको पछाडी निर्माण भैरहेको सडकमा कमसल तथा गुणस्तरहीन सामग्री प्रयोग भैरहेको स्थानीयवासीहरुले गुनासो गरेका छन्। संघीय सरकारको रकम बाट खानेपानी डिभिजन कार्यालय जनकपुरले सो सडक बनाउन ठेक्कामा दिएको हो ।

तर ठेकेदारले सो सडक निर्माण गर्न प्रयोग गर्ने सामग्रीहरु थुपारेर बिना लेबल मिलाई सडकको आधि भागमा इँटा ओच्छ्याउने काम गरेको छ। उक्त सडक निर्माण मा भने १ नं .इँटाको सट्टा रांठ इँटाको प्रयोग गरेको पाइएको छ। थप जानकारीको लागि वडा नं . ८ का वडा अध्यक्ष रमेश ठाकुर संग जिज्ञाशा राख्दा त्यस्तो कुनै काम नभएको उनले बताएका छन्।

आफ्नो प्रतिकृया दिनुहोस्