Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

‘जानकी मन्दिर संरक्षणमा अघि बढ्नेछौँ’

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २४, २०७९
In विविध
0

२३ असार,ललितपुर : मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्तले जनकपुरमा अवस्थित रामजानकी मन्दिर संरक्षणमा अघि बढ्ने बताउनुभएको छ । हिन्दू परिषद् नेपाल र मिथिला संस्कृति समाज नेपालले आज आयोजना गरेको ‘जानकी मन्दिरको वर्तमान अवस्था’ विषयक कार्यक्रममा उहाँले केही दिन अघि जानकी मन्दिरको गहरगहना हराएका समाचार बाहिर आएको बताउँदै सोका सम्बन्धमा कहाँ के र कति थियो र हाल अवस्था कस्तो छ भन्ने जानकारी हासिल गर्न सम्बन्धित निकायसँग सम्पर्क गरी अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही दिन अघि सञ्चार माध्यममा आएको समाचार सही हो र सो सामग्री कसरी हरायो त भन्ने बुझ्न अतिनै जरुरी देखिन्छ ।” सो मन्दिरको जग्गा जमिन तथा अन्य आय स्रोत समेत रहे पनि मन्दिरको अवस्था दयनिय भइरहेको कुरा सुन्ने गरेको धारणा राख्दै उहाँले अवस्था बुझ्न पुरातत्व विभागलगायत गुठी संस्थान तथा सम्बन्धित क्षेत्रका स्थानीय निकाय र आयोग भएर चासो दिइने बताउनुभयो ।

आयोगका सचिव अञ्जन मिश्रले जानकी मन्दिर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ बढाउन राम मन्दिर तथा गङ्गाका साथै धनुष सागर लगायतका क्षेत्रमा पर्यटकले सजिलै जान सक्ने वातावरण तयार पार्नका लागि सो स्थानमा सूचना पाटीको आवश्यकता देखिएको सुनाउनुभयो । विभागका अधिकृत मञ्जुसिंह भण्डारीले जानकी मन्दिरको वास्तुशैली मुलुकमा एकदमै नौलो रहेको जानकारी गराउँदै हाल सो मन्दिर मौलिकता भन्दा पनि सौन्द्रर्यीयकरणले भरिँदै गएको पाउँदा भावि सन्ततिलाई मन्दिर बारेमा के सन्देश दिने भन्ने गुनासो गर्नु भयो ।

उहाँले भन्नुभयो, “मन्दिर मर्मत तथा सुधार गर्दा विभागको राय अनि सल्लाह र सुझाव लिएर गर्न सबै व्यक्तिलाई अनुरोध गर्दछु ।” हिन्दू परिषद् नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले मुलुकको आस्थाको धरोहरका रुपमा मिथिलाको रामजानकी मन्दिर रहेको चर्चा गर्दै हालसम्म सो मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत नहुनुको कारण विभाग र गुठी संस्थानको कमजोरी रहेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “विभाग र आयोग अझै पनि रामजानकी संरक्षणको कार्यमा उन्मुख नहुने हो भने यस मन्दिरको अवस्था दयानिय बन्दै जानेछ ।” परिषद् नेपालका सल्लाहकार डा सवरी शाहले २०७२ सालको विनाशकारी भूकम्पपछि जानकी मन्दिर दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको बताउँदै सो मुलुकको सम्पत्ति लामो समयसम्म जीवित राख्न सम्बन्धित निकायबीच व्यापक छलफल हुन जरुरी रहेको औंल्याउनु भयो ।

सो कार्यक्रममा आज आयोग द्वारा जारी प्रेस विज्ञप्तिमा जानकी मन्दिरबाट अर्बाैं मूल्य बराबरको गहना हराएको सूचना सार्वजनिक गर्नाका साथै जानकीको शोभाका रुपमा रहेको गुम्बज र बुर्जामा प्रयोग गरिएका प्राचीन कलात्मक स्वर्ण गजूर समेत गायब भएको तथा मन्दिरको उत्तरतर्फको प्रवेशद्वार माथि रहेको ढुङ्गााको कलात्मक सिंह जोडीको हीरा जडित आँखा निकालिएको एवं गौलोचन, गजमणि, स्यालको सिङ मन्दिरमा रहेको तर त्यसको कुनै अभिलेख हाल नराखिएको उल्लेख गरिएको छ ।

उक्त कार्यक्रममा जानकी मन्दिरभित्र क्यामेरा, मोबाइल, जुत्ताचप्पल, छालाका पेटीका साथै मन्दिर वरपर माछा मासु बेचबिखनमा समेत रोक्न ध्यान दिनु पर्ने बताइएको थियो ।(रासस)

  • 10shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend