Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कृषि कर्ममा रमाउँदै हवाई व्यवसायी बस्नेत

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २६, २०७९
In व्यापार
0

२६ असार,काठमाडौँ :वीरेन्द्रबहादुर बस्नेत नेपाली हवाई उड्डयन क्षेत्रमा स्थापित नाम हो । हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक उहाँले वर्षौँदेखि जहाज सञ्चालक रहेर वायुसेवा क्षेत्रमा प्रतिष्ठा कमाउनुभएको छ ।सो क्षेत्रमा सफलता हासिल गर्नुभएको व्यक्ति धानमिल अर्थात् धान र खाद्य सुरक्षाको कुरा गर्ने बाटोमा कसरी मोडिनुभयो त ?

कुराकानीमा प्रबन्ध निर्देशक बस्नेतले भन्नुभयो, “बुद्ध एयर खोल्नु अगाडि धानमा परिचित थिएँ, धान उत्पादनमा नै खाइखेली आएको व्यक्ति हुँ, यसैले नेपालको सफलता न्याय सङ्गत व्यवसाय के हुनसक्छ भन्दा त्यो कृषि नै हो, किनभने अहिले पनि हामी कृषि प्रधान देश भनेर चिन्छौँ ।” उहाँको अनुभूतिमा जिन्दगी दर्शनसँग जोडिन्छ । किनभने कुन व्यक्तिले कुन काम गर्ने एउटा आफ्नो जीवनको दर्शन के गर्न चाहन्छु, के गर्छु भन्ने विषयसँग जोडिएको हुन्छ । “वायुसेवामा चुलो बाल्ने साधन हामीले सिर्जना गर्यौं। सफल नै छ र राष्ट्रिय उद्योग राष्ट्रिय अर्थतन्त्रमा ठूलो सेवा पुर्याएको छ । योगदान पनि गरेको छ ।

तर राज्यको समृद्धि के हामीले सफलतालाई स्थापित गर्न सक्छौँ कि सक्दैनौँ”, उहाँले भन्नुभयो । कृषि पेशा प्रति मौलाइ रहेको नेपाली नैराश्यपनलाई परिवर्तन र प्रोत्साहन गर्ने हेतुले यो अभियानमा सक्रिय भएको उहाँको भनाइ छ ।उहाँले भन्नुभयो“ हरेक एक व्यक्ति एउटा स्थानमा पुग्छ । यसले योगदान गर्न सक्छ । आखिरमा गएर माटोमा नै विलय हुने हो ।” उहाँको बुझाइमा माटोमा विलय हुनुभन्दा अगाडि समाज, देश र भावी सन्ततिका लागि केही योगदान गर्न सकिन्छ कि सकिँदैन भन्ने सोचले जिन्दगीको गन्तव्य सिर्जना गर्छ ।

प्रबन्ध निर्देशक बस्नेतले कृषिलाई निर्वाहमुखीबाट औद्योगीकरण वा व्यावसायीकरण गरिनुपर्नेमा जोड दिनुहुन्छ । उहाँले भन्नुभयो “हामीसँग प्रशस्त जमिन छ । धान ‘अनस्टेवल डाइट’ हो ,” नेपालमा रु ५० अर्बको धान आयात गरिएको आँकडा छ । त्यो आयात हुने धानलाई रोक्न र आफैँ आत्मनिर्भर हुनसकेमा त्यसले सफलताको कथा निर्माण गर्ने उहाँले बताउनुभयो । न्यायोचित र कम खर्च तथा आम्दानीलाई बढाउन सक्यौँ भने सफलताको कथा हुनेछ । जसले हरेक नेपाली वा युवापिँढीलाई प्रोत्साहित गर्नेछ ।

‘आरजु राइस मिल’ स्थापना मुलुकको आन्तरिक उडानमा १४ एटिआर र दुई थान बिजक्राप्ट गरी कूल १६ जहाज मार्फत यात्रु बोक्ने बुद्ध एयरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम (सिएसआर) अन्तर्गत व्यावसायिक कृषिमा लगानी गरेको हो । विसं २०६९ मा नेपाल कृषि कम्पनी स्थापना गरी बुद्धले मोरङका विभिन्न स्थानीय तहमा धानखेतीको व्यावसायीकरण र यान्त्रिकीकरणमा लगानी गरिरहेको बुद्धले अब कृषकले उत्पादन गरेको धानलाई चामलमा परिणत गरी बजारमा पठाउने तयारी गरेको छ ।

बुद्धले मोरङको बेलबारी नगरपालिका स्थित डाङ्गीहाटमा ‘आरजु राइस मिल’ स्थापना गरेको छ । मिलमा अहिले उपकरण जडानको कार्य धमाधम चलिरहेको छ । कम्पनीले अत्याधुनिक उपकरणयुक्त मिल स्थापनाका लागि झण्डै रु ५० करोड लगानी गरेको छ । उक्त धानमिल आगामी कात्तिक देखि सञ्चालन हुनेछ । बुद्धले कृषिको यान्त्रिकीकरणमा रु सात करोडभन्दा बढी खर्च गरिसकेको छ । सो भेगमा स–साना टुक्रा जमिन एकीकृत गरी ठूला मेसिनको प्रयोगबाट धान रोप्ने र काट्ने काम भइरहेको छ ।

बुद्ध एयरले आफ्नो भगिनी संस्था नेपाल कृषि कम्पनीमार्फत निश्चित क्षेत्रमा निश्चित जातको धान रोप्न कृषकलाई प्रोत्साहन गरिरहेको छ । यसरी फलेको धान आरजु राइस मिलले सिधै खरिद गर्नेछ । मिलले मोरङ र यस आसपासका जिल्लाका २० हजार कृषकले उत्पादन गरेको धान खरिद गरी त्यसलाई स्वदेशी ब्राण्डमा नेपाली बजारमा पठाउने लक्ष्य लिएको छ । पछिल्लो ११ महिनामा नेपालले रु २८ अर्ब ५० करोड बराबरको चामल आयात गरिसकेको आँकडा छ । आयातलाई प्रतिस्थापन गर्न र कृषिको व्यावसायीकरण गरी अर्थतन्त्रलाई सवलीकरण गर्ने लक्ष्यसहित कृषिमा यान्त्रिकीकरणको अभियान थालिएको बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेतले बताउनुभयो ।

कम्पनीले धान फलाउने कृषक र चामल खाने उपभोक्ता बीच रहेका अनेक ‘ब्रोकर’को चेन तोड्ने विश्वास लिएको छ ।यो राइस मिलले पहिलो एक सिजनमा दुई हजार मेट्रिक टन र त्यसपछि वार्षिक १३ हजार मेट्रिक टन चामल उत्पादन गर्ने लक्ष्य लिएको छ । अहिले नेपालमा धेरै मोटो धान उत्पादन हुन्छ । किनकि मसिनो धानको बजार व्यवस्थित भएको छैन । मसिनो धानलाई मिलिङ गर्ने इक्युटमेन्टहरू पनि छैन । “मिलहरूको त्यो खालको इक्यिुपटमेन्ट छैन । त्यसले गर्दा मोटो धान उत्पादन हुन्छ, जसको चामलको मूल्य रु ४० देखि ५० हुन्छ ।

धानको मूल्य एकदमै थोरै हुन्छ । धानको मूल्य ठिक नहुने भएकाले हामी निर्वाह मुखी खेतीपातीबाट माथि उठ्न नै सकेका छैनौँ”, प्रबन्ध निर्देशक बस्नेतले भन्नुभयो । सबैभन्दा धेरै उत्पादन र खेती हुने पनि धान नै भएकाले त्यो भिसेफ साइकललाई कसरी ब्रेक गर्ने भन्ने एउटा हाइफोथसिस सिर्जना गर्नु अति जरुरी ठानेर कम्पनीले करिब १५ वर्षदेखि कृषि कार्यमा लागेको उहाँले उल्लेख गर्नुभयो । कम्पनीले अहिले मसिनो धान पनि उत्पादन गरिहेको छ ।

बुद्ध एयरले मोरङको बेलबारि स्थित डाङ्गीहाटमा स्थापना गरेको आरजु राइस मिल’ । झन्डै ? ५० करोड लागतमा अत्याधुनिक उपकरणयुक्त मिल सञ्चालनमा ल्याउन लागिएको छ ।

किसानले लङ्ग्रेन ६.५ एमएमको धानबाट चामल उत्पादन गरे खरिद गरिरहेका छौँ । चैतेधानको न्यूनतम रु ७५० तोकेको छ । आरजु राइस मिलले धान भण्डारणमा पनि ठूलो लगानी गरेको छ । भण्डारण गर्ने ढवाङहरु साढे ३ हजार टनका छन् । त्यहाँ सबैभन्दा ठूलो लगानी पिकक्युलयन र डायरमा गरिएको छ । किनकि उत्पादन भएर आउनेबित्तिकै आउने धान वा मकैको नमि एकदमै धेरै हुन्छ । धानलाई १३ प्रतिशतमा झारेर भण्डारण गर्नुपर्छ र मकैलाई ३० प्रतिशतबाट १५ प्रतिशतमा झारेर भण्डारण गर्नुपर्छ ।

“हरेक घरले ग्यास पानी जस्तो महिनामा २० देखि ३० केजी चामल प्रयोग गर्छन् । त्यो खालको बजारीकण योजनामा जानुपर्छ । यो विशुद्ध नेपाली चामल हो । रु २० देखि २५ रिटेल मूल्य कम गरेर दिन्छौँ”, उहाँले भन्नुभयो । बेलबारी नगरपालिकामा १० हजार बिघाभन्दा बढी खेतीयोग्य जमिन रहेको छ । आरजु राइस मिलले पाँच हजार ५०० बिघाको उत्पादन व्यवस्थापन गर्नेछ । मिलमा जुन धान प्रशोधन गर्ने प्रविधि रहेको छ ।त्यो प्रविधिको उच्चतम प्रविधि प्रयोग गर्दा मात्रै धेरै फाइदा हुन्छ ।

त्यसले अर्थतन्त्रको स्केल तय गर्छ, उत्पादन गर्दाको खर्च घटाउने बस्नेतको विश्वास छ । उहाँले भन्नुभयो, “नेपालमा अन्य राइस मिलहरुको प्रविधि कस्तो हो थाहा छैन । पहिलोपटक राइस मिल खोल्दैछु । अरुको राइस मिल हेरेको छैन । राइस मिलको दुईवटा टेक्नोलोजी हो एउटा भुलर र अर्को जापनिज टेक्नोलोजी । दुवैलाई कम्प्युटर गर्यौं। भुलर तुरुन्तै आयो । भुलर स्वीज मल्टिनेशनल टेक्नोलोजी हो । यो टेक्नोलोजी फुड ग्रेन म्यानेजमेन्टमा संसारको उच्चतम टेक्नोलोजी हो ।

उनीहरुको धान मिलको राम्रो टेक्नोलोजी ल्याएका छौँ ।” एक तथ्याङ्कअनुसार वार्षिक धान, चामल, गहुँ, मकै रु ८० अर्बभन्दा बढी आयात हुन्छ । त्यसमा चामलमात्रै रु ५० अर्ब हाराहारी आयात गरिँदै आएको छ ।सञ्चिती मुद्रा बाहिरिँदै गएको छ ।

बुद्ध एयरले पूर्वी तराईका मोरङ, सुनसरी र झापा जिल्लामा यान्त्रिकीकरणका साथै हाइब्रिड बीउ भित्र्याइ धान उत्पादन दोब्बर–तेब्बर वृद्धि गर्न सफल भएको कम्पनीले जनाएको छ । किसानलाई धानखेतीप्रति प्राविधिक र व्यवहारिक सल्लाह पनि दिइरहेको छ ।(रासस)

  • 7shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

व्यापार

गोदावरीमा संचालनमा आयो अन्तर्राष्ट्रिय स्तरको बेस्ट वेस्टर्न प्लस रिसोर्ट

फाल्गुन १, २०८२
व्यापार

जनकपुरधाममा दशैं लक्षित सस्ता बजारको तयारी सुरु

भदौ १८, २०८२
व्यापार

‘सगर ग्यास’का तीन हजार ३० सिलिन्डर नष्ट गरियो

भदौ ८, २०८२
व्यापार

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सा देखि रेस्टुरेन्ट सम्म उपयुक्त

असार २३, २०८२
व्यापार

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

असार २२, २०८२
व्यापार

पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि

असार १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend