२२ साउन, काठमाडौं : अबैधरुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न देशका मुद्राहरू सहित भारतीय नागरिक राहदानी नम्बर जेड५५६५७१५ बाहक ४३ वर्षीय अंकुर घनसे पटेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले ३ हजार ६ सय अमेरिकी डलर, २ हजार १ सय ३० पाउण्ड स्टर्लिङ, ३ हजार २ सय यूरो, ४ हजार ४ सय ६५ यूएई दिराम र ४ हजार ६ सय ५० केन्याको स्टर्लिङ बरामद गरेको छ ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स-रे मेसिनमा जाँच गर्दा झोलामा अवैध रूपमा लुकाई लैजान लागेको उक्त मुद्राहरू फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्