Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

माओवादी अध्यक्षद्वारा भूकम्पपछि पुनःनिर्माण गरिएको गोरखा दरबारको अवलोकन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २९, २०७९
In राजनीति
0

२९आश्विन, गोरखा : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछि पनुःनिर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गर्नुभएको छ । सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहनुभएका उहाँले आज बिहान दरबार अवलोकन गर्नुभएको हो । गोरखा दरबारको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले गोरखाको ऐतिहासिक विरासत बोकेको गोरखा दरबार प्रचार–प्रसारमा जोड दिनुपर्ने बताउनुभयो ।

गोरखा दरबार अवलोकनका लागि पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नागरिक भलाकुसारी गर्दै । अध्यक्ष (प्रचण्ड) शनिबार बिहान गोरखा दरबारको अवलोकन गर्न पुग्नुभएको थियो । तस्बिार : दीपक श्रेष्ठ( रासस)

पर्यटन क्षेत्रको विकास मार्फत जिल्लाकोे आर्थिक समृद्धिको पर्याप्त सम्भावना रहेको भन्दै उहाँले गोरखा ऐतिहासिक धार्मिक तथा सांस्कृति हिसाबले महत्वपूर्ण जिल्ला भएको बताउनुभयो । उहाँले गोरखाको इतिहासले देशको गरिमालाई उँचो पारेको समेत बताउनु भयो ।दरबार अवलोकनका क्रममा गोरखा दरबार संग्राहलयका प्रमुख नवराज अधिकारीले अध्यक्ष प्रचण्डलाई गोरखा दरबारको ऐतिहासिक महत्व लगायत विषयमा जानकारी गराउनु भएको थियो ।

दरबार अवलोकनका लागि अध्यक्ष प्रचण्ड सहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, सचिव हितराज पाण्डे लगायतका नेता गोरखा दरबार पुग्नुभएको थियो । जिल्लामा निर्वाचनको तयारीका लागि अध्यक्ष प्रचण्ड शुक्रबार देखि गोरखामा रहनु भएको छ । उहाँले जिल्लामा सत्ता गठबन्धनका दलका नेता, उद्योगी–व्यवसायी लगायतसँगको छलफल लाई तीव्र पार्नुभएको छ ।(रासस)

  • 5shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

भट्टराईको आरोप: “तीन नेताहरू छोटे राजाजस्तै देखिन खोज्दै”

चैत्र ५, २०८१
राजनीति

देश बचाउन र बनाउन राजा तथा जनताको साझेदारी आवश्यक : कमल थापा

फाल्गुन ९, २०८१
राजनीति

पूर्व-राजालाई आफ्ना मत जाहेर गर्दा पक्राउ गर्न वा मुख बन्द गर्न हुँदैन :गगन थापा

फाल्गुन ९, २०८१
राजनीति

रवि लामिछाने संग सरकारले अमानवीय तथा प्रतिशोधपूर्ण व्यवहार गर्यो : प्रचण्ड

मंसिर २४, २०८१
राजनीति

शान्ति प्रक्रिया राष्ट्रिय सहमतिबाटै टुंगोमा पुग्छ : प्रचण्ड

मंसिर २२, २०८१
राजनीति

दुर्गा प्रसाईं जस्ता शक्तिहरु एक ठाउँमा आउनुपर्छ : कमल थापा

मंसिर १७, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

चलचित्र ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक, भदौ २७ गते बाट प्रदर्शनमा आउने

बैशाख ३०, २०८२

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा रौतहटमा युवक पक्राउ

बैशाख ३०, २०८२

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२

नेपालले दक्ष नर्स उत्पादन गर्छ तर विदेशले फाइदा लिइरहेको छ

बैशाख २९, २०८२

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२

जसपा नेपाल धनुषाको अध्यक्षमा पुन: पशुपति यादव

बैशाख २९, २०८२

बुद्धका मार्गदर्शनले दृष्टि सम्यक्, विचार शुद्ध र कर्म उज्यालो बनोस् : प्रधानमन्त्री ओली

बैशाख २९, २०८२

किराँत समुदायमा आज उभौली पर्व, चण्डी पूर्णिमा र चण्डेश्वरी जात्राको पनि शुभारम्भ

बैशाख २९, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend