Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

खेतमा सिँचाइको सुबिधा पुगेपछि …

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक ३, २०७९
In विविध
0

३ कात्तिक,जनकपुरधाम : धनुषाको सबैलाका किसान श्यामदेव यादव लाई यसपटक धानखेतीका समयमा सिँचाइको खासै समस्या भएन । विगतमा आकाशे पानीको भरमा खेती गर्दै आएका उहाँलाई यस वर्ष धेरै वर्षा नभए पनि धानखेतीका लागि चाहिने सिँचाइका लागि समस्या भएन । किसानलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यले कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले कमला सिँचाइ नहर प्रणाली अन्तर्गत सिँचाइ सुविधा पुर्याएपछि किसान यादवले बर्सेनि धानबाली लगाउने बेलामा भोग्दै आएको सिँचाइको समस्या बाट छुटकारा पाउनुभएको छ ।

“अघिल्लो वर्षहरुमा खेती गर्न सिँचाइको ठूलै समस्या भोग्नुपर्दथ्यो”, उहाँले भन्नुभयो, “तर यसपालि कुलोमा समयमै पानी आयो, त्यसैले समयमै धान खेती गर्न भ्याइयो ।” पहिलाको जस्तो यसपालि खेती गर्न पानीको कुनै समस्या भएन उहाँको भनाइ थियो । विगतमा धानखेतीयका लागि वैकल्पिक सिँचाइको भर पर्नुपर्ने समस्या भोग्दै आएका सिरहाको औरहीका किसान असर्फी साहले पनि यसपालि धानखेतीका लागि पानीको कुनै समस्या नभएको बताउनुभयो ।

“सिँचाइ सुविधा नहुँदा खेतीपातीको लागि पहिला पहिला कि त आकाशे पानीको भर पर्नुपर्दथ्यो कि विद्युतीय मोटर वा अन्य वैकल्पिक सिँचाइको व्यवस्था गरेर खेती गर्नुपर्दथ्यो”, उहाँले भन्नुभयो, “तर यसपालि कुलोमा पानी आएपछि सहजरुपमा सिँचाइ गर्न पाएँ ।” अब सायद हामीलाई सिँचाइ गर्न पानीको खासै समस्या हुँदैन होला, उहाँको विश्वास छ । “केही वर्षअघि सम्म गाउँका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका थिए”, उहाँले भन्नुभयो, “यसका कारण समयमा वर्षाको भएको वर्षमा राम्रो धान खेती हुन्थ्यो, वर्षा नहुँदा अधिकांश खेत बाँझो नै रहन्थ्यो”,

“तर पूर्वी नहरमार्फत किसानको खेतमा पानी आएपछि खेती गर्न सहज भएको छ ।”उहाँले भन्नुभयो । विगतका वर्षहरुमा वर्षा नहुँदा धनुषा, सिरहा, महोत्तरी र सप्तरीका अधिकांश खेतीयोग्य जग्गा बाँझो रहने समस्यालाई दृष्टिगत गरी कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले कमला नदीबाट सिँचाइ गर्न विभिन्न पूर्वाधार निर्माण गरेपछि किसानको खेत खेतमा पानी पुगेको हो । सो कार्यालयका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा धनुषा र सिरहातर्फ करिब छ किलोमिटर पक्की नहर निर्माण गरेको छ ।

सो अवधिमा पानी निकास र नियन्त्रणका लागि ५३ वटा पानी निकास गेट र ३५ वटा भिआरबी निर्माण गरिएको कार्यालयका प्रमुख वीरेन्द्र यादवले जानकारी दिनुभयो । यस्तै सो अवधिमा धनुषा, सिरहा, सप्तरी र सिरहामा गरी चार जिल्लामा ३३ वटा डिप ट्युबेल जडानसँगै ५४ वटा डिप ट्युबेलमा पम्प हाउस तथा स्टोरेज ट्र्याकसमेत निर्माण गरिएको कार्यालय प्रमुख यादवले बताउनुभयो । प्रमुख यादवका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सिरहाको औरहीमा एउटा साइफन, सिरहाकै विष्णुपुरस्थित हनुमान चोकमा एउटा स्केप र सिरहाको अर्नमा गाउँपालिकास्थित मैनाबती खोलामा दुई वटा हेडवक (पक्की बाँध) समेत निर्माण गरिएको छ ।

कमला सिँचाइ पश्चिमी नहर प्रणालीअन्तर्गत धनुषाको पूर्वी नहर प्रणाली, पश्चिमी नहर प्रणाली र हर्दिनाथ सिँचाइ प्रणालीमा करिब १० किलोमिटर सडकमा ग्राभेल गरिएको प्रमुख यादवको भनाइ छ । सिरहाको औरही शाखामा दुई वटा ड्रप स्टेक्चर निर्माणसँगै ४१ किलोमिटर नहरमा सरसफाइ गरिएको छ । आव २०७८/७९ मा छ सय आठ मिटर क्षेत्रफलमा नहर तथा संरचना संरक्षण कार्य गरिएको, २८ स्थानमा आउटलेट र आठ स्थानमा इनलेट निर्माण कार्य गरिएको उहाँले बताउनुभयो ।

सो कार्यालयद्वारा निर्माण गरिएको सिँचाइ संरचनाका कारण आव २०७८÷७९ मा धनुषा, सिरहा, सप्तरी, महोत्तरीमा करिब एक हजार छ सय ९५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको प्रमुख यादवले जानकारी दिनुभयो । कमला सिँचाइ पश्चिमी नहर प्रणाली, पूर्वी नहर प्रणाली र हर्दिनाथ नहर प्रणालीमार्फत वर्षायाममा २५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ हुँदैआएको जनाएको छ ।(रासस)

  • 7shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend