Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

धनुषा– ४ मा त्रिपक्षीय प्रतिस्पर्धा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक ९, २०७९
In राजनीति
0

९ कात्तिक,धनुषा : धनुषा निर्वाच क्षेत्र नं ४ प्रतिनिधि सभामा २०७४ कै प्रतिस्पर्धी उम्मेदवार पुनः चुनावी मैदानमा उत्रिनु भएको छ ।सत्ता गठन्धन कांग्रेस बाट महेन्द्र यादव, नेकपा एमाले बाट रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा)बाट महाजन यादव बीच नै यस पटक पनि त्रिपक्षीय भीडन्त देखिएको छ । हुन त यस क्षेत्रमा जनमत पार्टीका किसुन यादव, राप्रपाका अनिरुद्ध यादव, स्वतन्त्रबाट विजय याद, हास्य कलाकार कृष्ण कुमार महतो सहित ३१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस, एमाले र जसपाका उम्मेदवार बीच नै हुने देखिएको छ । यसअघि धनुषा निर्वाच क्षेत्र नं ४ बाट तीन पटक निर्वाचित भएका नेकपा एमालेका सचिव रघुबीर महासेठ अहिले पनि प्रतिस्पर्धामा हनु हुन्छ । एमाले र जसपा बीच गठबन्धन भएपनि दुबै दलको आ–आफ्नै उम्मेदवार छन् भने यता सत्ता गठबन्धनको एकल उम्मेदवार उठाएको छ । विसं २०७४ को निर्वाचनमा पनि तीन उम्मेदवारबीच चर्को प्रतिस्पर्धा रहेको थियो ।

तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार महासेठ २२ हजार ५३२ मतका साथ विजयी हुँदा कांग्रेसका महेन्द्रले १९ हजार ९९१ र मधेसी गठबन्धनका उम्मेदवार महाजनले १९ हजार ६६२ मत प्राप्त गर्नु भएको थियो । महासेठ र महाजन दुबैले अघिल्लो चुनावका सहयात्री गुमाइ सक्नु भएको छ । त्यो बेला रघुवीरको साथमा रहेको माओवादी र महाजनको साथमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (तत्कालीन राजपा) दुबै यो पटक कांग्रेसका उम्मेदवार महेन्द्रको साथमा छन् ।

एमालेबाट फुटेको एकीकृत समाजवादी पनि सत्ता गठबन्धनमै छ । त्यसैगरी एमाले र जसपाबीच चुनावी गठबन्धन भए पनि दुबैको आ–आफ्नै उम्मेदवार भए पछि सत्तागठबन्धन लाई फाइदा पुग्ने अवस्था देखिएको राजनीतिक विश्लेषकहरु बताउँछन् । एमालेले (क) मा कांग्रेस परित्याग गरी आएका सन्तोष यादव र (ख) मा मिथिला नगरपालिकाका पूर्व-मेयर हरिनारायण महतो लाई उम्मेदवार बनाएको छ । जसपाले (क) मा प्रदेश सरकारका पूर्वमन्त्री ज्ञानेन्द्र यादव र (ख) मा चन्देश्वर महतो लाई उठाएको छ ।

एमाले र जसपाका सहमति अनुसार धनुषा–४ को प्रतिनिधि सभा सँगै प्रदेशसभा (क) एमालेले लिने र (ख) जसपाले लिने उल्लेख छ । अर्का तर्फ नेकपा एकीकृत समाजवादीका धनुषा उपाध्यक्ष सोम प्रसाद शर्मा लाई धनुषा (ख) बाट टिकट दिनेगरी एमाले प्रवेश गराइएकोमा टिकट भने दिइएको छैन । सत्ता गठबन्धन प्यानल सहित एकातिर छ । सत्ता गठबन्धनबाट प्रदेश सभा (क) मा भर्खर जसपा छाडेर आएका शेष नारायण यादव र (ख)मा एकीकृत समाजवादीका सत्रुघन महतो उम्मेदावर छन् ।

वन उद्यागेग पर्यटन प्रदेश मन्त्री समेत रहेका सत्रुधन यस क्षेत्रका प्रत्यक्ष निर्वाचित वर्तमान प्रदेश सांसद हुनुहुन्छ । त्यसै गरी चुनावको मुखमा केही स्थानीय प्रभावशाली नेताले गरेको पार्टी फेरबदलले पनि असर पार्ने सम्भावना प्रवल छ । जसपाले टिकट नदिएपछि विद्रोह गरेर कांग्रेसबाट प्रदेश सभा (क) मा उम्मेदवारी दर्ता गराएका शेष नारायाण यादवका कारण जसपालाई क्षति र कांग्रेसलाई फाइदा पुग्नसक्ने विश्लेषण भइरहेको छ । उता कांग्रेसका सन्तोष यादव एमालेमा प्रवेश गरेको क्षति कांग्रेसलाई पनि पुग्न सक्ने अर्काे अनुमान छ ।

यसका साथै ३० वैशाखमा भएको स्थानीय निर्वाचनको मत परिणाम हेर्दा पनि सत्ता गठबन्धन दलका उम्मेदवारको अवस्था बलियो देखिएको छ । धनुषा क्षेत्र नं ४ अन्तर्गत पर्ने पाँच वटा पालिका मध्ये मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र मिथिला विहारी नगरपालिका कांग्रेसले जितेको छ । उसले क्षिरेश्वरनाथ नरपालिकाका बहुसंख्यक वडा पनि जितेको छ । एमालेले क्षिरेश्वर नगरपालिका र मिथिला नगरपालिकाको उप-मेयर सहित बहुमत वडा जितेको छ ।

यस क्षेत्रमा मिथिला नगरपालिकाको वडा नं ४, क्षिरेश्वरको वडा नं ८ र ९, मिथिला विहारी नगरपालिकाको १, ३, ४ र ५ वडा पर्दैन । जनकपुरधाम उपमहानगरपालिकाको वडा नं ९, १३, १४, १९, २१ र २२ गरी पाँचवटा भने यसै क्षेत्रमा पर्दछ । यो क्षेत्रमा पर्ने पार्टीका वडाध्यक्षहरुले पाएको मतको आधारमा कांग्रेस पहिलो र एमाले दोश्रोमा छन् । तेश्रोमा जसपा र चौथोमा एकीकृत समाजवादी रहेका छन् । सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार महेन्द्र यादवले स्थानीय तहमा कांग्रेसको पहिलो मत र त्यसमाथि गठबन्धन दलको साथलाई आफू जित्ने बलियो आधार रहेको बताउनु हुन्छ ।

महेन्द्रले गत चुनाव आफू झिनो मतले पराजित भएको सहानुभूतीका कारण आफूले निर्वाचन जित्ने दाबी गर्नुहुन्छ । उहाँले यस बीचको ५ वर्षमा आफू सबै जनता बीच पुगेको र धेरै कामहरु गरेको हुनाले आफ्नो लोकप्रियता जनतामा बढी रहेको तर्क गर्नुभयो ।

उता महासेठले पनि आफू मन्त्री हुँदा यस क्षेत्रमा थुप्रै सडक कालोपत्र गरेको, खोलाहरुमा पुल निर्माण गराएको लगायतको विकास निर्माणका काम गरेकाले यहाँका नागरिकले आफूलाई पुनः जिताउने दाबी गर्नु हुन्छ । यता जसपाका उम्मेदावर महाजन यादवले स्थानीय चुनावी नतिजाले यो चुनावमा असर नगर्ने दाबी गर्नुहुन्छ । आपूm लामोसमयदेखि जनतासँगै जिल्लामै रहेकाले जनताप्रति आफ्नो विश्वास रहेको उहाँको दाबी छ ।(रासस)

  • 30shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु

चैत्र ३, २०८२
राजनीति

संसदीय राजनीतिबाट विश्राम लिए पनि संघर्ष जारी रहने : डा. सी.के. राउत

चैत्र २, २०८२
राजनीति

“माधव कुमार नेपालले सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा गरे।”

फाल्गुन ७, २०८२
राजनीति

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२
राजनीति

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२
राजनीति

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको हुँ : गगन थापा

माघ १७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend