Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

आगामी निर्वाचनका लागि भारत द्वारा २०० थान सवारी साधन सहयोग

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक १५, २०७९
In विविध
0
अर्थमन्त्री जनार्दन शर्मा लाई अर्थ मन्त्रालयमा मङ्गलबार आयोजित कार्यक्रममा नेपाल सरकारलाई भारत सरकारको तर्फबाट आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि उपहारस्वरुप २०० थान सवारीसाधन उपलब्ध गराउन साँचो हस्तान्तरण गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव । तस्बिर : रत्न श्रेष्ठ/रासस

अर्थमन्त्री जनार्दन शर्मा लाई अर्थ मन्त्रालयमा मङ्गलबार आयोजित कार्यक्रममा नेपाल सरकारलाई भारत सरकारको तर्फबाट आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि उपहारस्वरुप २०० थान सवारीसाधन उपलब्ध गराउन साँचो हस्तान्तरण गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव । तस्बिर : रत्न श्रेष्ठ/रासस

१५ कात्तिक,काठमाडौँ : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपाललाई सहयोग स्वरुप भारतले दुई सय थान सवारी साधन उपलब्ध गराएको छ । अर्थमन्त्री जनार्दन शर्मालाई अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय सरकारका तर्फबाट उपहार स्वरुप उपलब्ध गराइएका सवारी साधन(पीक भ्यान)को साँचो हस्तान्तरण गर्नुभयो ।

अर्थ मन्त्रालयमा मङ्गलबार आयोजित कार्यक्रममा नेपाल सरकारलाई भारत सरकारको तर्फबाट मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि उपहारस्वरुप २०० थान सवारीसाधन हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्नु हुँदै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव । तस्बिर : रत्न श्रेष्ठ÷रासस

ती सवारी साधन मध्ये एक सय २० वटा सुरक्षा निकाय र बाँकी निर्वाचन आयोगलाई उपलब्ध हुनेछ । भारतले विगत वर्षमा पनि निर्वाचनका समयमा यस प्रकारको सवारी साधन उपलब्ध गराउँदै आएकामा हाल सम्म दुई हजार चार सय सवारी साधन उपलब्ध गराइ सकेको छ । त्यस मध्ये दुई हजार सुरक्षा निकाय र ४०० थान निर्वाचन आयोगलाई प्राप्त भएको थियो । हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री शर्माले मुलुकमा शान्ति, स्थायित्व र सामाजिक आर्थिक रुपान्तरण र लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन सामग्री महत्वपूर्ण रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,“हामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम सघाँरमा छौँ । यो निर्वाचन नयाँ संविधान निर्माण पछिको दोस्रो अवधिको निर्वाचनले लोकतन्त्र सुदृढीकरण र आर्थिक सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेेछ ।” नेपालको आग्रहमा भारत सरकारबाट उपहार स्वरुप ती सवारी साधन प्राप्त भएकामा धन्यवाद ज्ञापन गर्दै अर्थमन्त्री शर्माले भारत हाम्रो महत्वपूर्ण विकास साझेदार रहेको बताउनु भयो । “छिमेकी हुनुका नाताले भूकम्प र कोभिड–१९को सङ्कटका समयमा पनि महत्वपूर्ण सहयोग भएको थियो ।

अर्थ मन्त्रालयमा मङ्गलबार आयोजित कार्यक्रममा नेपाल सरकारलाई भारत सरकारको तर्फबाट मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि उपहारस्वरुप प्रदान गरिने २०० थान सवारीसाधनको साँचो हस्तान्तरणमा अर्थमन्त्री जनार्दन शर्मा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायत सहभागी । तस्बिर : रत्न श्रेष्ठ÷रासस

रासायनिक मल प्राप्त हुने चरणमा छ, त्यसका लागि पनि भारतलाई धन्यवाद छ । दुई देश बीचको व्यापार सन्तुलन गर्ने हाम्रो महत्वपूर्ण कार्यभार रहेको छ,” उहाँले भन्नुभयो,“नेपालको विद्युत् भारतीय बजारमा लैजानका लागि राजदूतले महत्वपूर्ण भूमिका निर्वाह गरेकोे छ । दुई देशबीचको सामाजिक, सांस्कृतिक, व्यापारिकसम्बन्ध विस्तारमा यस्ता सहयोगले सघाउनेछ ।” राजदूत श्रीवास्तवले उपहारस्वरुप उपलब्ध गराइएका सवारीसाधन नेपाल र भारत बीचको सौहार्दपूर्ण सम्बन्धको प्रतिकारुपमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“नेपाल प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको आगामी निर्वाचनको तयारीमा जुटेको छ, चुनावी कार्यक्रममा सहयोगका रुपमा हामीले सवारी साधन उपलब्ध गराउन पाएकामा खुसी व्यक्त गर्न चाहन्छौँ ।” कार्यक्रममा गृहमन्त्रालयका सचिव विनोद प्रकाश सिंह, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल लगायतको सहभागिता थियो । (रासस)

  • 11shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend