सहजपुर, ३ पुस : कैलालीको अत्तरियामा गोली चलेको छ । सुन व्यवसाय सञ्चालन गर्ने घोडाघोडी नगरापलिका–१ बस्ने २८ वर्षीय विकास सुनार माथि गोली चलेको हो । मोटरसाइकलमा यात्रा गरिरहेका विकास माथि अत्तरियाको पूर्व रोडमा रहेको सशस्त्र प्रहरी कार्यालय नजिकै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिनु भयो ।
सुनार माथि दुईवटा गोली लागेको र विकासको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । गोली लागेका विकासको अवस्था सामान्य रहेको र उहाँलाई अत्तरियामा रहेको पद्मा अस्पतालबाट रिफर गरी अहिले धनगढी स्थित मायामेट्रो अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहनु भएका नायव उपरीक्षक जोशीले बताउनु भयो । (रासस)




















आफ्नो प्रतिकृया दिनुहोस्