सुनसरी : एयरगन सहित प्रहरीले एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१४ विजयपुर बस्ने ३९ वर्षीय अमनध्वज कार्की रहेका छन् । प्रहरीले उनको साथबाट १ थान एयर गनसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
कार्कीको घरकोठामा अवैध हतियार लुकाई छिपाइ राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी विजयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गनसहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्