काठमाडौं : नेपाल राष्ट्र बैंकले यस वर्षको दशैँ र तिहारमा नयाँ नोट सटही सुविधा दिने तयारी गरेको छ ।राष्ट्र बैंकका अनुसार दशैँका लागि नयाँ नोट सटही असोज २९ गते देखि हुने भएको छ । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सटही सुविधा हुनेछ ।
राष्ट्र बैंकको मुख्य कार्यालय, प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्था मार्फत नयाँ नोट सटही सुविधा पाइनेछ ।बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको माग अनुसार नयाँ नोट उपलब्ध गराउने तयारी गरेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्