जनकपुरधाम : विजयादशमी सुरु भएसँगै यतिबेला सीमावर्ती भारतीय बजार भिठामोड, मधवापुर, जयनगर, उमगाउँमा नेपाली ग्राहकको भीड बढ्न थालेको छ भने नजिक को जनकपुर जलेश्वर मटिहानी बाजारमा भने खासै भीड देखिएको छैन् । नेपाली बजार भन्दा भारतीय बजारमा पूजापाठ, खाद्यान्न लागयतका दैनिक उपभोग्य सामग्री सस्तो पाइने भएकाले जिल्लाका विभिन्न ठाउँबाट स्थानीयवासीले दसैँका अवसरमा उपभोग्य सामग्री खरिद गर्न भारतीय बजारतर्फ आकर्षित हुने थालेका हुन् ।
ठूलो संख्यामा नेपाली अहिले दिनहुँ जसो समान खरिद गर्न सीमावर्ती भारतीय बजार आउन थालेपछि यहाँ भीड बढ्न गएको मटिहानीका नागरिक चन्दे मण्डल बताउनु हुन्छ । नेपाली बजार भन्दा भारतीय बजारमा सस्तो दरमा समान पाउने तथा त्यहाँका व्यापारीले नेपाली ग्राहकसँग मृदु व्यवहार गर्ने गरेकाले नेपाली उपभोक्ता दसैं लगायत विभिन्न चाडपर्वमा समान खरिद गर्न सीमापारी भारतीय बजार आउने गरेको समान खरिद गरिरहेका नेपाली उपभोक्ता ऋषि मण्डलले बताउनु भयो ।
नेपाली बजार भन्दा भारतीय बजारमा प्रत्येक समानको मूल्य रु १० देखि रु २० सम्म सस्तो हुने भएकाले खरिद गर्न सीमापारी जान्ने गरेको उहाँको भनाइ छ । भारतीय सिमासुरक्षा बल (एसएसवी)का जवानहरुले दसैं का अवसरमा दैनिक उपभोग्य समान खरिद गरी लैजाने नेपालीहरुलाई अहिले सहज गरेकाले अहिले अरु दिनको तुलनमा भीड बढ्न गएको छ ।
नेपाली ग्राहकले भारतबाट दाल, चिनी, खानेतेल, मसला, चामल लगायतका समान खरिद गरी लैजाने गरेको भारतीय व्यापारी निर्मेश मण्डलको भनाइ छ । टेक्सटाइल चेम्बर अफ कमर्स रक्सौलका अध्यक्ष अरुणकुमार गुप्ताले भारतको रक्सौलमा रहेको कपडा व्यापारीले कपडा खरिद गर्दा नेपाली रुपैयाँको बट्टा नकाट्ने भएकाले महिलाको कपडा पसलमा बढी भीड लाग्ने गरेकोे बताउनु भयो । दसैं जस्तो समयमा पनि मालसामान खरिद गर्न धेरैजसो ग्राहक सीमावर्ती भारतीय बजार जान्ने गरेकाले नेपाली बजारमा रौनक हराउँदै गएको देखिन्छ।



















आफ्नो प्रतिकृया दिनुहोस्