Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नयाँदिल्लीमा प्रधानमन्त्री र राजदूत पानी-पानी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ ३१, २०८१
In विविध
0

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ दिल्लीको उच्चकोटीको वातानुकूलित होटलमा पनि चिटचिट पसिना छुट्यो । परिवेशको तापक्रम त नियन्त्रणमै थियो तर आन्तरिक गर्मीले भने उनलाई सताएको थियो, जसलाई नियन्त्रण गर्न प्रधानमन्त्री दाहाललाई धौ,धौ परेको लाग्यो ।

भारतका नव-निर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीलाई वधाई दिन उनको शपथ ग्रहण समारोहका अतिथि थिए दाहाल र पुगेका थिए नयाँ दिल्ली । नयाँ दिल्ली जानु अघि मात्र दाहालले अध्यक्षता गरेको मन्त्रीपरिषदले ११ कुटनीतिज्ञलाई काठमाडौं फिर्ता बोलाएको थियो, जसमा नयाँ दिल्लीमा रहेका नेपालका राजदूत शंकर शर्मा पनि परेका थिए ।

जुन देशका नयाँ प्रधानमन्त्रीलाई वधाई दिन दुइ दिन पछि जानु पर्ने छ, त्यही देशमा रहेका आफ्नो देशका कुटनीतिक प्रतिनिधिलाई फिर्ता बोलाई सकिएको छ । यो आफैंमा विरोधाभाष थियो स्वयं सरकारले नै सिर्जना गरेको थियो आफैं विरुध्द कुटनीतिक एम्बुस ।

कुटनीतिक अर्थमा यो त असन्तुष्टि प्रकट गरेको, विरोध गरेको वा आपत्ति प्रकट गरेको जस्तै घटना थियो नयाँ दिल्ली स्थित नेपाली राजदूत फिर्ता बोलाईनु ।पूर्व पर-राष्ट्रमन्त्री डा.नारायण खड्का यसलाई सरकारको अति अदूरदर्शी कार्य भन्न रुचाउँछन् ।

‘सत्तामा नेतृत्व परिवर्तन भएपछि अघिल्लो सरकारले नियुक्त गरेका राजदूत फिर्ता बोलाउने चलन पुरानै हो, यो परम्परा जस्तै बनिसकेको छ । मौका पाउँदा सबैले यस्ता काम गर्दै नै आएका छन् तर यस पटक भने प्रधानमन्त्री दाहाल नराम्ररी चुक्नु भयो’ संसदको अन्तर्राष्ट्रिय समितिका सदस्य खड्काले भने ।

फिर्ता बोलाईएका राजदूत शंकर शर्माले पनि आफू लाई नयाँ दिल्लीमा कुटनीतिक सकस परेको निकटस्थ सँग सुनाएका छन् । ‘मलाई फिर्ता आउ भनेर निर्णय गर्ने सरकारका नेता प्रधानमन्त्री नयाँ दिल्ली आइरहेका छन्, शपथ ग्रहण समारोहमा जानु कि नजानु म बडो धर्मसंकटमा परें’ शर्मालाई उदृत गर्दै एक पूर्वराजदूतले भने, वास्तवमा सरकारको अपरिपक्व निर्णयका कारण प्रधानमन्त्री र राजदूत दुवै जनालाई नयाँ दिल्लीमा पानी पानी हुनु पर्यो ।

‘दुवैजनाले जसोतसो अनुहार रातो पिरो पारेर भएपनि कुटनीतिक संकट टारे’ ती पूर्व-राजदूतले टिप्पणी गरे ।सरकारले २४ जेठ बिहीबार ११ देशका राजदूत लाई फिर्ता बोलाएको थियो । मन्त्रिपरिषद्को भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, स्पेन, मलेसिया, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूत लाई फिर्ता बोलाएको थियो ।

उनीहरु नेपाली कांग्रेस, जसपा नेपाल सहितका दलको राजनीतिक कोटामा राजदूत बनेका थिए । अघिल्लो गठबन्धनका बेलामा राजदूत नियुक्त भएकालाई नयाँ गठबन्धन सरकार बनेसँगै फिर्ता बोलाएको हो ।

नयाँ दिल्ली बाट फर्किए पछि प्रधानमन्त्री दाहालले विमानस्थलमा राजदूत फिर्ता बोलाउने निर्णयप्रति पछुतो मानेका थिए । २४ घण्टा नयाँ दिल्ली बसेर फर्किए पछि दाहालले कुटनीतिक त्रुटीको असर रामै सँग महसुश गरेको देखियो ।

  • 27shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend