Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

वार्षिक तीन अर्ब बढीको निर्यात,नेपाली छुर्पी कुकुर र विरालाको आहार

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १७, २०८१
In व्यापार
0

काठमाडौं : कुकुर र विरालाहरुको आहारका रुपमा विदेश निर्यात हुँदै आएको नेपाली छुर्पी २७ देशमा पुग्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । भन्सार विभागका अनुसार नेपालबाट वार्षिक तीन अर्ब रुपैयाँ भन्दा बढीको छुर्पी निर्यात हुँदै आएको जानकरी प्राप्त भएको छ ।


चालु आर्थिक वर्षको ११ महिना सम्ममा १५ लाख ३७ हजार १८६ किलो २ अर्ब ९७ करोड ७५ लाख रुपैयाँ बराबर छुर्पी निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।नेपाली छुर्पी कुकुर र बिरालोको दानाका रुपमा निर्यात हुने गरेको भन्सार विभागले जनाएको छ । नेपालमा वार्षिक करिब ३६ लाख किलो छुर्पी उत्पादन हुने गरेको नेपाल डेरी एसोसिएसनको दावी रहेको छ ।


मुख्य गरी अमेरिका र क्यानडामा निर्यात हुँदै आएकोमा हाल ब्राजिल, क्यानडा, चीन, चेक रिपब्लिक, फिनल्याण्ड, फ्रान्स, ग्रीस लगायतका मुलुकमा नेपाली छुर्पी निकासी भइरहेको विभागले जनाएको छ ।
यसै गरी हङकङ, भारत, इटाली, जापान, दक्षिण कोरिया, लेबनान, मलेसिया, नेदरल्याण्ड र न्यूजिल्याण्डमा नेपाली छुर्पी पुग्ने गरेको छ ।

फिलिपिन्स, कतार, सिंगापुर, स्लोभाकिया, ताइवान, थाइल्याण्ड, यूएई, बेलायत, भियतनाम र नामिबियामा पनि चालु आर्थिक वर्षमा उल्लेख्य मात्रामा छुर्पी निर्यात भइरहेको विभागको तथ्यांक छ ।
नेपालमा विगत लामो समय देखि छुर्पी उत्पादन हुँदै आएको छ ।

छुर्पी बिशेष गरी शेर्पाहरुले चौरी गाईको दुधबाट हिमाली भेगमा बनाउने चलन छ । अन्य गाईको दुधबाट पनि छुर्पी व्यवसायिक रुपमा तयार गर्ने गरिन्छ । दुध बिक्री गर्न गाह्रो हुने स्थानमा र दूध बिक्री नहुने समयमा यसको उत्पादन हुने गरेको छ ।


आन्तरिक र बाहिरी पर्यटकले खानको लागि खरिद गर्ने गरेको छुर्पी नेपालमा कोशेलीका रुपमा पनि चर्चित छ । तर युरोप अमेरिकामा भने कुकुरको आहाराको रुपमा निर्यात हुने गरेको छ । नेपालमा अधिकांश पहाडी र हिमाली जिल्लामा छुर्पी व्यवसायिक रुपमा उत्पादन गर्ने गरिन्छ ।

मानिसले उपभोग गरी रहेको छुर्पीमा भन्दा अर्को छुर्पी हड्डी जस्तै कडा हुने र कुकुरले मासुको हड्डी सम्झेर खाने गरेको पाइन्छ ।मानिसले खाने छुर्पीमा बढी फ्याट हुने र कुकुरले खानेमा कम फ्याट हुने गरेको व्यवयायीहरु बताउने गर्छन । नेपालको छुर्पीमा अत्यधिक प्रोटिन हुने भएकाले कुकुरका लागि पोषिलो मानिन्छ ।

कुकुरका लागि उत्पादित छुर्पीमा ६७ देखि ७५ प्रतिशत सम्म प्रोटिन हुन्छ । छुर्पीको एउटा ठूलो टुक्रालाई खाइसक्न कुकुरले कम्तीमा पाँच घण्टा लगाउँछ । छुर्पी पशुको हड्डी जस्तै कडा हुने भएकाले कुकुरले लगातार चपाउँने गर्छ ।


सन् २०१३ देखि विदेशमा कुकुरका लागि छुर्पी निर्यात हुन थालेको हो । सूर्योदय नगरपालिका स्थित फिक्कल डेरीबाट दुबै खालको छुर्पी उत्पादन भइरहेको यसका सञ्चालक दिनेश महतले जानकारी दिए । महतका अनुसार मानिसले खाने छुर्पीको बजार मूलतः नेपाल, भारत, भुटान र तिब्बत रहेको छ ।

  • 40shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

व्यापार

गोदावरीमा संचालनमा आयो अन्तर्राष्ट्रिय स्तरको बेस्ट वेस्टर्न प्लस रिसोर्ट

फाल्गुन १, २०८२
व्यापार

जनकपुरधाममा दशैं लक्षित सस्ता बजारको तयारी सुरु

भदौ १८, २०८२
व्यापार

‘सगर ग्यास’का तीन हजार ३० सिलिन्डर नष्ट गरियो

भदौ ८, २०८२
व्यापार

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सा देखि रेस्टुरेन्ट सम्म उपयुक्त

असार २३, २०८२
व्यापार

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

असार २२, २०८२
व्यापार

पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि

असार १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend