९ भाद्र,झापा : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की सवार बुद्ध एयरको जहाज आइतबार विराटनगरमा अवतरण गर्न नसके पछि झापाको चन्द्रगढी विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।
काठमाडौ बाट बिराटनगर आउँदै गरेको बुद्ध एयरको ७०५ विमान भद्रपुरमा अवतरण गरिएको हो । विराटनगरमा मौसम खराब भए पछि भद्रपुरमा आकस्मिक अवतरण गरिएको नागरिक उड्ययन कार्यालय चन्द्रगढीका प्रमुख किशोर कुमार खत्री ले जानकारी दिए ।
दिउसो साढे २ बजे चन्द्रगढीमा अवतरण भएको विमान मौसममा सुधार भए पछि विराटनगर तर्फ नै उडेको उनले बताए । मुख्यमन्त्री सहित अरु यात्रुहरु चन्द्रगढी बिमानस्थलमा बिमान भित्रै बसेका थिए । बिमानमा चालक दल सहित ७० जना यात्रु रहेका थिए । विमान आधा घण्टा पछि बिराटनगरमा अवतरण भइसकेको जनाइएको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्