१६ भाद्र,काठमाडौं: नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।निगमको शनिबार बसेको संचालक समितिको बैठकले आइतबार बिहान ००:०१ बजे देखि लागु हुने गरी पेट्रोलमा प्रति लिटर २ र डिजल तथा मट्टीतेलमा प्रति लिटर १ रुपैयाँ घटाएको हो ।यस्तै, निगमले आन्तरिक हवाई इन्धनमा प्रति लिटर ५ रुपैयाँ र अन्तराष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर ३७ ले घटाएको जानकारी दिएको छ ।

त्यस्तै, एलपी ग्याँसको खरिद मुल्यमा प्रति सिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भए पनि हाल लाई मूल्य यथावत राखेको निगमले जनाएको छ ।अब काठमाडौँमा पेट्रोलको मूल्य प्रति लिटर १६३ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५४ रुपैयाँ पर्ने भएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्