२४ भाद्र,झापा: झापाको बिर्तामोडमा भदौ ५ गते देखि दोस्रो जुत्ता चप्पल मेला संचालन हुने भएको छ ।गत बर्ष आयोजना गरेको मेला अवलोकनकर्ताको उत्साहजनक सहभागिता भए पछि आयोजकले यस बर्षपनि मेला आयोजना गर्न लागेको हो । बिर्तामोडको सिटी सेन्टरमा संचालन हुने मेलामा नेपालका ५ वटा कम्पनीको ३ हजार मोडलका जुत्ता चप्पल बिक्रीका लागि राखिने भएको छ ।
बिर्तामोड सिटी सेन्टरले आयोजना गर्ने मेलाको सह–आयोजक बिर्तामोड नेपाली जुत्ता घरको रहने पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ ।‘नेपाली उत्पादनको प्रवर्धन, हाम्रो अभियान’ भन्ने नारा सहित आयोजना हुने मेलामा बीएफ डियर हिल, फस्ट वाक सुज, रन सुज, स्मार्ट सुज र क्रस रोड सुज गरि ५ वटा कम्पनीको २५ वटा स्टल रहने मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।
मेलामा चाडपर्व लक्षित क्याजुअल शुज, स्पोर्टस शुज, पार्टी शुज, स्कुल शुज, फुटबल शुज, फुटसल शुज तथा बच्चाका शुजहरु उपलब्ध हुने उनले बताए ।एक महिना सम्म संचालन हुने मेलामा १ लाख अवलोकनकर्ता आउने तथा २ करोड रकम बराबरको कारोबार हुने अपेक्षा आयोजकको रहेको छ ।
ती कम्पनीको संलग्नतामा भएको मेला यो दोस्रो हो । यस अघि गत बर्ष पुस ९ गते देखि माघ १५ गते सम्म महोत्सव आयोजना भएको थियो ।मेलामा १५ देखि ५० प्रतिशत सम्म छुट दिने तयारी रहेको आयोजकले जनाएको छ ।
यसका अतिरिक्त खरिदकर्ता लाई विशेष उपहार दिने गरि तयारी गरिरहेको उपाध्यायले जानकारी दिए । खस्कदो व्यवसाय लाई केहि हद सम्म उठाउन मेला आयोजना गरिएको सिटी सेन्टरका संचालक दिपेन्द्र राउतले बताए ।



















आफ्नो प्रतिकृया दिनुहोस्