Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नेपाल युथ समिटको तयारी अन्तिम चरणमा, ख्याती प्राप्त व्यक्तिहरु सहभागी हुने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ २६, २०८१
In विविध
0

२६ भाद्र,काठमाडौं: स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले यही भदौ २८ र २९ गते काठमाडौंमा हुन लागेको नेपाल युथ समिट (युवा सम्मेलन) को तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रमुख वक्ताहरुको सूची लगभग अन्तिम चरणमा रहेको आयोजकको भनाइ छ ।राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा काठमाडौं चावहिल स्थित दुर्गा पार्टी भेन्युमा हुने समिटमा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका ख्याति प्राप्त व्यक्तिहरुले प्यानलिस्टका रुपमा भूमिका निर्वाह गर्ने कार्यक्रम संयोजक भुपेन्द्र जङ शाहीले जानकारी दिए ।

समिटमा देशभरका करिब पाँच सय युवाको सहभागिता रहने उनले बताए ।पहिलो दिन अर्थात भदौ २८ गतेको उद्घाटन सत्रमा उप-प्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी र वन तथा वातावरण राज्यमन्त्री रूपा विश्वकर्मा सहभगी हुने निश्चित भइसकेको छ ।

युथ समिटमा प्रमुख वक्ताको रुपमा सांसदहरू विनोद चौधरी, सोविता गौतम, मैना कार्की, पूर्व-सांसद नविना लामा लगायत सहभागी हुने निश्चित भएको संयोजक शाहीले जानकारी दिए ।

यसै गरि समिटमा चर्चित उद्योगी चौधरी सहित नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व-अध्यक्ष भवानी राणा, बैंकर्स भरत ढकाल, चर्चित उद्यमी विदुषी राणा, चर्चित खेलाडी पलेशा गोवर्धन, बैंकर्स मनोज ज्ञावली, अभिनेता अनुप विक्रम शाही, अभिनेत्री निता ढुङ्गाना, उषा रजक, गायक रामजी खाण, गायिका टिका पुन, राधिका हमाल लगायत विभिन्न क्षेत्रका विज्ञहरु, युवा उद्यमीहरु, चलचित्रकर्मी लेखक, साहित्यकार , सामाजिक अभियन्ताहरु, जनप्रतिनिधिहरु वक्ताको रुपमा रहने आयोजकले जनाएको छ ।

नेपाली युवाहरू लाई स्वदेशमै केही गर्न सकिन्छ र समुन्नत र समृद्ध नेपालको चाहनालाई पूरा गर्न युवाहरूको भूमिका अतुलनीय रहन्छ भन्ने कार्यक्रमको अभिप्राय रहेको पनि कार्यक्रम संयोजक शाहीको भनाइ छ ।

समिटमा विभिन्न क्षेत्रमा विशिष्ट भुमिका निर्वाह गरिरहेका युवाहरूले भाग लिने कार्यक्रम तय भएको छ ।समिटमा आर्थिक, समाजिक, सांस्कृतिक, राजनीतिक, उद्यमशीलता, आप्रवासन, युवा सरोकार, खेलकुद लगायत विभिन्न विषयहरूमा विषयगत छलफल गरी राष्ट्र निर्माणमा साझा संकल्प सहितको सातबुँदे घोषणा-पत्र समेत जारी गर्ने राष्ट्र निर्माण मञ्च नेपालका अध्यक्ष निर्मल कुमार उप्रेति ले जानकारी दिए ।

  • 30shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

अयोध्या–जनकपुर रेल सेवा आज देखि नियमित सञ्चालन, पहिलो दिन ५०० यात्रुले गरे यात्रा

मंसिर १२, २०८३

इन्धनमा परनिर्भर नेपाल : संकट आउनु अघि विकल्प खोज्ने कि पछि पछुताउने?

मंसिर १०, २०८३

युरोपेली संघ चलचित्र महोत्सवको १५औँ संस्करण जनकपुरधाममा हुँदै, मंसिर १२ र १३ गते अन्तर्राष्ट्रिय चलचित्रको प्रदर्शनी

मंसिर १०, २०८३

जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

मंसिर ९, २०८३

भारतको २४ हजार करोडको विकास सहायता नेपाल लाई, पुनर्निर्माण देखि ऊर्जा क्षेत्र सम्म नयाँ सम्भावना; ऋण र अनुदानको उपयोग कसरी होला?

मंसिर ८, २०८३

अयोध्याबाट जनकपुरधाम आइपुग्यो ‘सरयू–कमला एक्सप्रेस’, एक हजार भन्दा बढी तीर्थयात्रीको भव्य स्वागत

मंसिर ८, २०८३

भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए, २ खर्ब ४० अर्बको विकास सहायता घोषणा देखि जनकपुर–अयोध्या रेल सेवा सम्मका उपलब्धि

मंसिर ७, २०८३

अयोध्या–जनकपुर जोड्ने रेल सेवाको शुभारम्भ, प्रधानमन्त्री बालेन्द्र शाह र नरेन्द्र मोदीले देखाए हरियो झण्डा

मंसिर ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend