३० भाद्र,काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधीमा विशेष अदालतमा २०१ मुद्दा दर्ता गरेको जानकारी गराएको छ ।आइतबार अख्तियार दिवसको अवसरमा पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्त नरहरी घिमिरेले गत आर्थिक वर्ष २०८०/८१ मा विषेश अदालतमा दुई सय एक मुद्दा दर्ता भएको जानकारी दिए ।
प्रवक्ता घिमिरेका अनुसार उक्त मुद्दाहरु बापत एक हजार पाँच सय ४५ जनालाई प्रतिवादी बनाई ८ अर्ब ४० करोड ६ लाख ४९ हजार बिगो उठाएको जानकारी दिए ।उनले भने, ‘आर्थिक वर्ष २०८०/८१ मा विशेष अदालतमा दर्ता भएका दुई सय एक वटा आरोप पत्र मध्ये गैरकानुनी लाभ हानि सँग सम्बन्धित ५८ वटा, घुस/रिश्वत सँग सम्बन्धित ४८ वटा, झुटा/नक्कली शैक्षिक योग्यताको नकली प्रमाण पत्र सम्बन्धी ३४ वटा, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी सँग सम्बन्धित ३३ वटा, राजस्व चुहावट सम्बन्धी १३ वटा, गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी ११ वटा, र विविध विषयका ४ वटा रहेका रहेका छन् । उल्लेखित आरोपहरु बाट कूल १५४५ जना लाई प्रतिवादी बनाई ८ अर्ब ४० करोड ६ लाख ४९ हजार ४ सय ७ रुपैयाँ बिगो माग दाबी लिइएको छ ।’
उनका अनुसार सबैभन्दा बढि उजुरी परेका मन्त्रालयहरु भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गृह, स्वास्थ्य तथा जनसंख्या , भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, शिक्षा विज्ञान तथा प्रविधि, संचार तथा सूचना प्रविधि, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र उद्योग मन्त्रालय रहेका छन् ।
उनले भने, ‘प्राप्त उजुरी मध्ये सबैभन्दा बढी संघीय मामिला (स्थानीय तह समेत) सँग सम्बन्धित्त ३८.९१ प्रतिशत रहेका छन्। त्यस पश्चात, कमश: शिक्षा (स्थानीय तह समेत) १५.७९ प्रतिशत, गैरकानुनी सम्पनी आर्जन ६.९८ प्रतिशत, भूमि प्रशासन ६.४९ प्रतिशत, नकली शैक्षिक प्रमाण–पत्र ४.७१ प्रतिशत, वन तथा वातावरण ३.८२ प्रतिशत स्वास्थ्य तथा जनसंख्या ३.६८ प्रतिशत, भौतिक पूर्वाधार तथा यातायात २.६१ प्रतिशत, गृह प्रभासन ३.५२ प्रतिशत, अर्थ २.१३ प्रतिशत, ऊर्जा, जलस्रोत तथा सिँचाइ २.१० प्रतिशत खानेपानी तथा शहरी विकास १.६१ प्रतिशत र अन्य निकाय/क्षेत्र सँग सम्बन्धित्त उजुरीहरू १.६४ प्रतिशत रहेका छन ।’



















आफ्नो प्रतिकृया दिनुहोस्