१९ गते असोज,काठमाडौँ: कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारको लागि मूल्य सार्वजनिक गरेको छ ।जस अनुसार आज मुडेको आलु प्रति केजी न्यूनतम ७८ रुपैयाँ पुगेको छ भने सुकेको प्याज १२५ रुपैयाँ पुगेको छ ।
त्यस्तै, स्थानीय काउलीको मूल्य प्रति केजी ६० रुपैयाँ पुगेको छ भने रातो मूला ३० रुपैयाँ रहेको छ ।रायोको साग प्रति केजी १३० रुपैयाँ, बरेला १२० रुपैयाँ, कन्य च्याउ २०० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ पुगेको छ ।
आज हरियो खुर्सानीको भाउ प्रति केजी १०० रुपैयाँ पुगेको छ भने, सुकेको खुर्सानी४३० रुपैयाँ, भेडे खुर्सानी १८० रुपैयाँ, हरियो लसुन २५० रुपैयाँ फूजी स्याउ ३००, केरा १३० रुपैयाँ तोकिएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्