१९ गते असोज,हेटौंडा: गत असोज ११–१२ गतेको अविरल बर्षा र बाढीले घरबार बगाएका बकैयाका पीडितलाई राप्रपा मकवानपुरले राहत सामाग्री पठाएको छ ।
मकवानपुर क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य एवं राप्रपाका नेता दिपक बहादुर सिंहले आफ्नो निर्वाचन क्षेत्रका बाढी पीडित जनता लाई राहत उपलब्ध गराउन सम्राट सिंहको नेतृत्वमा राहत संकलन गरि खाद्यान्न, त्रिपाल र लत्ता कपडा शनिबार १ ट्याक्टर सामाग्री बकैया पठाएको हो ।
राहत संकलन कै क्रममा राप्रपाका हेटौंडा उप-महानगरपालिका वडा न.६ का नेताहरु केदार राई र सुनिल थापाको सक्रियतामा थप राहत सामाग्री संकलन गरि शनिबार जिल्ला कमिटी मार्फत बाढी पीडित लाई सामाग्री पठाएको छ ।
०७९ को स्थानीय निर्वाचनमा वडा अध्यक्षका प्रत्यासी समेत बनेका नेता राईका अनुसार ६ नम्बर वडाका विभिन्न व्यक्तिहरुको सहयोगमा ३१ हजार ३सय ३ रुपैयाँ बराबरको १० बोरा चामल, १ बोरा आलु, १ बोरा नुन, तेल र लत्ता कपडा पठाईएको हो ।



















आफ्नो प्रतिकृया दिनुहोस्