२० गते असोज,काठमाडौँ:खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ ।आइतबार देखि कम्पनीले कलंकी स्थित खसी बजारमा खसी बोका र च्याङ्ग्राको बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँमा,च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर एक हजार २२० रुपियाँमा बिक्री खुला गरेको जनाएको छ ।
खाद्यले २०८ वटा खसी बोका र २८५ वटा च्याङ्ग्रा ल्याइ सकेको छ भने अरू ल्याउने क्रम जारी रहेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्