२४ असोज,काठमाडौं: काठमाडौं उपत्यकामा सवारी साधन बाट हुने ध्वनी प्रदूषण कम गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘नो हर्न’ अभियान लाई थप कडाइ गरिएको छ ।काठमाडौं उपत्यकामा २०७४ वैशाख १ गते देखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो ।
‘नो हर्न’लाई अभियान कै रुपमा संचालन गरि पर्चा पम्प्लेट बितरण, सचेतना कार्यक्रम संचालन, नो हर्न स्टिकर टाँस लगायत विविध कार्यक्रम गरि हर्नको अनावश्यक प्रयोगमा कमी आएको थियो ।
शुरुआती दिनमा यसको कार्यान्वयन प्रभावकारी भए पनि पछिल्ला दिनहरुमा क्रमश: हर्नको प्रयोगमा वृद्धि भए पश्चात कडाईका साथ कारवाही ट्राफिक प्रहरीले गर्दै आएको छ ।
सवारी साधनले अनावश्यक रुपमा हर्न बजाएर वृद्धि हुने ध्वनी प्रदुषण लाई निरुत्साहित गरि प्रदुषण कम गर्न कडाईका साथ प्रस्तुत हुँदै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले जानकारी दिए ।
जथाभावी हर्न वजाउँदा पैदल यात्री बिशेष गरी वालवालिका, जेष्ठ नागरिक तथा बिरामीहरुको स्वास्थ्यमा धेरै असर गर्ने गुनासोहरु लाई समेत ध्यानमा राखी नियमित निग्रानी र कारवाही गरिदै आएको डिआजी बोहराले बताए ।
पछिल्लो समय ट्राफिक प्रहरी नभएको स्थानमा फेरि सवारी साधनहरुले हर्न बजाउन शुरु गरेका छन् । गत आ.व. ०८०।८१ मा अनाबश्यक रुपमा हर्नको प्रयोग गर्ने १०१२३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ भने यस बर्ष समेत नौ हजार आठ सय तीस सवारी साधन लाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनी बाट नै ठूलो आवाज निकाल्ने मोटर साइकलहरु र प्रेसर हर्न बजाउने सवारी साधनले बढि धवनी प्रदुषण गर्ने गरेको छ । दुर्घटना हुने अवस्था भएमा वा सडकको एक भाग बाट अर्को भाग नदेखिने घुम्ती मोडहरु भएको स्थानमा अति आवश्यक परेको खण्डमा मात्र हर्नको प्रयोग गर्न हुन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्