२७ असोज,काठमाडौं: वडा दशैंमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा यात्रुको चाप बढेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडान दुवै तर्फ यात्रुको चाप देखिएको हो ।असोज २४ र २६ गते आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी ६३ हजार भन्दा बढीले हवाई यात्रा गरेको तथ्यांक छ ।
आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढे पछि विमान स्थलको टर्मिनल भवन यात्रुले खचाखच भएको छ ।असोज २४ गते आन्तरिक तर्फ दुई तर्फी गरेर तीन सय एक उडान भएका थिए भने सोही दिन अन्तर्राष्ट्रिय तर्फ दुई तर्फी एक सय सात उडान भएका थिए ।
२४ गते १७हजार तीन सय २९ र असोज २५ गते दुई सय ७८ उडान बाट १४ हजार चार सय ३६ गरी कुल ३१ हजार सात सय ६५ ले आन्तरिक उडानमा हवाई यात्रा गरेको विमान स्थल कार्यालयले जनाएको छ।
अन्तर्राष्ट्रिय तर्फ २४ गते दुई तर्फी एक सय सात उडान मार्फत १६ हजार पाँच सय नौ र असोज २५ गते पनि एक सय सात उडान हुँदा १४ हजार नौ सय ६८ गरी कुल ३१ हजार चार सय ७७ ले हवाई यात्रा गरेका हुन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्