२९ असोज,काठमाडौं: वडा दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक संस्थान लगायतका कार्यालयहरु खुलेका छन् । तर देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार भने सुनसान नै छ ।मंगलबार विहान ११ बजे सिंहदरबार छिर्दा मन्त्रालयमा छिट पुट्ट मात्र कर्मचारीहरु भेटिए । सिंहदरबार भित्रका सडकहरुमा न्यून मात्रामा सवारी साधन गुडेको देखिन्थ्यो ।
मन्त्रीका गाडीहरु हुइँकिए पनि कर्मचारीहरुको उपस्थिति न्यून थियो ।फूलपातीका दिन देखि द्वादशी सम्म बन्द रहेका मन्त्रालयका ढोका खुले पनि सबै मन्त्रालयका शाखा वा महाशाखाका कार्य कक्षमा कर्मचारीको उपस्थिति न्यून देखिन्थ्यो ।मानिसहरुको आवत-जावत भने बाक्लिएको छ । टाढा घर भएका कर्मचारीहरु काठमाडौं आइ नपुगेकाले मन्त्रालयहरु सुनसान रहेको कर्मचारीहरुले बताए ।
तर दशैँमा गाउँ गएकाहरु फर्कन थाले सँगै शहर बजार र सडकमा भने भीडभाड बढेको छ । आवत-जावतका लागि सडकहरु असहज भएकाले केही असजिलो भएको छ । दशैंको मुखमा प्राकृतिक विपत्तिका कारण धेरै राजमार्ग एवम सडकहरु पूर्ण रुपले संचालनमा आइसकेका छैनन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्