०८ कार्तिक,काठमाडौं: प्रताप रिमालले मेडिसिटी अस्पतालको चरम लापरवाहीको कारण आफ्नो ६२ वर्षीया बुवा ज्ञानप्रसाद रिमालको मृत्यु भएको भन्दै सो अस्पताल र उपचारमा लापरवाही गर्ने चिकित्सक लाई कारबाहीको माग गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै रिमालले अस्पतालले उपचारको क्रममा गरेका लापरवाही र गल्तीको पनि फेहरिस्त सुनाएका थिए । अस्पताल र चिकित्सकले उपचारमा भएको गम्भीर लापरवाही र गल्ती ढाक छोपको लागि गम्भीर झुट बोलेको पनि उनले स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा उनले भने,‘खासमा मेरो बुवा मिर्गौला रोगको विरामी हुनु हुन्थ्यो । विगत डेढ महिना देखि हेमाडायलाईसि गराई राख्नु भएको थियो । हप्तामा तीन दिन डायलाईसिस गराइ रहनु भएको मेरो बुवा भदौ ३१ ग्ते साँझ एक्कासी घरमा बसि रहँदा रिंगटा लाग्ने र श्वाँस फेर्न गाह्रो भएको महशुस भएप छि हामीले उहाँलाई मेडिसिटी अस्पतालको इमर्जेन्सीमा पुर्यायौं । तर, पछि युरिया लेभल एकदमै धेरै (२०७) भएर गाह्रो भएको रहेछ भन्ने कुरा भयो । संयोग, सोही दिन उहाँको डायलाइसिस गर्ने दिन पर्ने दिन पनि थियो । डायलाइसिस गर्दा गर्दै उहाँ लाई असहज भए पछि आईसियुमा राखेर मनिटरिङ गर्नु पर्छ भने र बुवा लाई अस्पताल मै राखियो । त्यस पछि, दोस्रो दिन बुवाको ईसिजी गर्यो । इसिजीमा केही चेन्जेज देखिएको भन्दै एन्जियोग्राम गरियो । एन्जियोग्राम पनि सक्सेस भयो र एक दिन मोनिटरको लागि आइसियु मै राख्ने भनियो । मेडिसिटी अस्पतालमा आईसियुमा राख्दा बिरामी कुरुवा बस्न नपाउने रहेछ । त्यसैले, हामीलाई पनि घर जान आग्रह गरियो हामी बाध्यतावश र फर्कियौं ।’
आफूहरु घर फर्किए कै दिन बुवा लाई राति गाह्रो भएको उनको भनाइ छ । उनले अघि भने,‘एन्जिओग्राम गरिएको ठाउँ सुन्निने र पानीको फोका जस्तो देखिएछ । बुवा लाई खप्नै नसक्ने गरि पीडा भए छ । बुबाले परिवार लाई बोलाइ देउ, मलाई गाह्रो भयो भन्दा पनि अस्पतालले हामी लाई रात भर कुनै खबर गरेन । त्यति मात्रै होईन, त्यसको सही उपचार पनि गरेन छ र रात भर दुखाई क मगर्ने फेन्टायल मात्र खुवाएर राखे छ । जुन कुरा नर्सिङ नोटमा स्पष्ट लेखिएको छ । भोलिपल्ट हामी अस्पताल पुग्दा बुवाको अवस्था भइ सकेको थियो । र बुवाको हातको अपरेशन गर्नु पर्ने अवस्थामा पुगि सकेको थियो । अपरेशन नै अन्तिम विकल्प भए पछि हामीले केही गर्न सकेनौ । जब बुवाको अपरेशन गरियो, त्यस पछि बुबाको स्वास्थ्यमा सुधार हुन सकेन र अन्तत: हामीले बुवा लाई असोज ४ गते सदाका लागि बिदा गर्नु पर्यो ।’
उनले उपचारमा लापरवाही गर्ने अस्पताल विरुद्ध आफूहरुले कानूनी उपचार खोजेको पनि जानकारी दिए । उनले भने,‘आईसियूमा रहेको विरामी लाई लापरवाही गर्ने र आफ्नो गल्ती ढाक छोप गर्न झुट बोल्ने अस्पताल विरुद्ध हामी अहिले अदालती प्रक्रियामा गएका छौं । ललितपुर जिल्ला अदालत र नेपाल मेडिकल काउन्सिलमा उपचारमा संलग्न डाक्टरहरु लाई कारबाही गरी पीडित पक्ष लाई पाँच करोड क्षति पूर्ति उपलब्ध गराउने पर्ने भन्दै मुद्दा दर्ता गराएका छौं ।’ उनले यस विषयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल समक्ष पनि ध्यानाकार्षण पत्र बुझाईएको जानकारी दिए ।
उनले मेडिसिटी अस्पताल मेडिकल माफियाहरुको जालोमा फसेको आफूहरुले महशुस गरेको दाबी गरे । यो घट्ना दबाउनको लागि मेडिसिटी लागिपरेको पनि उनको दाबी छ ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘घट्ना साम्य पार्न कै लागि उनीहरुले बुवाको उपचारको क्रममा भएको आठ लाख रुपैयाँ पनि फिर्ता गरि सकेका छन् । तर, अस्पतालले गरेको गल्ती र गल्ती ढाक छोप गर्न हामी माथि बोलेको धावा विरुद्ध हामी जस्तो सुकै परिस्थिति पनि लडाईं लड्ने अठोट लिएका छौं ।’



















आफ्नो प्रतिकृया दिनुहोस्