०१, पौष,काठमाडौं: बुद्ध एयरले सप्तरीको राजविराज विमानस्थलमा सोमबार बाट रात्रीकालीन उडान शुरु गरेको छ ।सोमबार साँझ संचारकर्मी लगायतको टोली बोकेको नाइन एन एएनडब्लु यू–४,१७१ को जहाज राजविराज विमानस्थल अवतरण गरे सँगै काठमाडौं देखि राजविराजको दुई तर्फी रात्री उडान शुभारम्भ भएको हो ।
सोमबार क्याप्टेन मनोज केसीले राजविराजमा जहाज अवतरण गरे ।वुद्ध एयरले रात्रीकालीन उडान राजविराज बाट शुरु गरे सँगै रात्रीकालीन उडान गर्ने विमानस्थलको संख्या १० वटा पुगेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले कम भिजिबिलिटी भएको अवस्था र रात्रीकालिन समयमा पनि अवतरण गर्ने प्रणालीको विकास गरे सँगै बुद्ध एयरले रात्रीकालिन उडान सुरु गरेको हो ।
बुद्ध एयरले दैनिक दिउँसो एउटा उडान गर्दै आएकोमा पूर्वाधार तयारी संगै रात्रीकालिन उडानको शुभारम्भ गरेको हो ।प्राधिकरणले ‘इन्स्ट्रमेन्ट फ्लाईट ल्याण्डिङ्ग सिस्टम’ लागु गरे पछि राजविराज विमानस्थलमा रात्रीकालिन उडान शुरु गर्न उपयुक्त ठानिएको हो । राजविराज विमानस्थलमा २०७६ माघ १८ देखि बुद्ध एयरले दैनिक नियमित उडान गर्दै आएको छ ।

आफ्नो प्रतिकृया दिनुहोस्