०१ पौष, काठमाडौं: नेपाल सरकार र चिनिया प्रतिनिधि बीच राँगाको मासु निर्यात गर्ने सम्बन्धी प्रोटोकल सम्झौतामा हस्ताक्षर भएको छ ।सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
सोही क्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले यो सम्झौता नेपाल चीन बीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणका लागि कोशेढुङ्गाको रुपमा रहेको बताएका छन् ।

नेपाल र चीन बिच भएको सम्झौताले नेपाली किसान लाई रागाँ भैसीपालनका लागि थप प्रोत्साहित गर्ने भन्दै नेपालमा रागाँ-भैसी पालन समाजको अभिन्न अङ्गको रुपमा रहेकोले यसको दिगो उत्पादन तथा उपलब्धता सुनिश्चित भएको बताए ।
यस्तै, उनले नेपाल सरकार नेपाली जनतालाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न लागिरहेको सन्दर्भमा पशुपन्छी पालन रोजगारी सिर्जनाको एउटा महत्वपूर्ण क्षेत्रको रुपमा अगाडी आएको पनि बताए ।
यसको साथै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पनि यो सम्झौताले नेपाललाई धेरै कुराहरुमा सहयोग पुग्ने भन्दै यसले दुई देश बीच अझ राम्रो सम्बन्ध स्थापित भएको बताए ।
उनले भने, ‘लामो समय देखि चीन र नेपाल बीच राम्रो सम्बन्ध रहेको छ । आवश्यक परेको बेला एकअर्का लाई सहयोग गर्ने हाम्रो एतिहासिक परम्परा हो । आज जुन सम्झौता भयो, यसले हामीलाई धेरै कुराहरुमा सहयोग पुर्याउछ । एउटा विषयले धेरै कुरा लाई छुने गर्छ त्यसैले यो सम्झौताले दुई देश बीच अझ राम्रो सम्बन्ध जोड्ने काम गर्छ ।’
आफ्नो प्रतिकृया दिनुहोस्