१० पौष,काठमाडौं: भारतका चर्चित गायक सोनु निगम बुधबार नेपाल आइपुगेका छन् ।क्रिसमस अवसरमा आज बेलुका आयोजना हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिन सोनु निगम अपरान्ह् काठमाडौं आइपुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई आयोजक नेपाल टचका पदाधिकारीले स्वागत गरे ।प्रशस्तै हिट नेपाली पनि गाइ सकेका निगमले बेलुका हायात रिजेन्सीको मैदानमा हुने कन्सर्टमा प्रस्तुति दिने छन् । उनले ३ घण्टा आफ्ना हिट गीत मार्फत दर्शकलाई मनोरञ्जन दिने आयोजकले जनाएको छ ।
झण्डै १० हजार दर्शक निगमको कन्सर्टमा सहभागि हुने अपेक्षा गरिएको छ । उनले फिल्म ‘सिमाना’ को चर्चित गीत ‘उकाली ओराली गर्दै’ लगायतका आधा दर्जन नेपाली गीत पनि गाउने छन् ।
निगम बिहीबार बेलुका भारत फर्किने तयारी छ । त्यस अघि उनले पशुपतिनाथ दर्शन र पर्वतीय उडान भर्ने छन् ।गायक निगमले स्वर दिएको ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपाली माझ लोकप्रिय छन् ।
यस्तै, हिन्दी भाषामा ‘मेरे ढोलाना सुन’, ‘कल होना हो’, ‘साथिया’, ‘पापा मेरी जान’, ‘अभि मुझ मे कही’ लगायत गीत लोकप्रिय रहेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्