Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

माथिल्लो तह संरक्षित हुँदा भ्रष्टाचारको जरो उखेल्न सकिएको छैन : अख्तियार प्रमुख राई

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख २४, २०८२
In अख्तियार दुरुपयोग
0

२४ वैशाख,काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राईले भ्रष्टाचार विरुद्धको लडाइँमा प्रमुख चुनौतीको रूपमा उच्च पदस्थ व्यक्तिहरूको संरक्षण रहेको बताएका छन्।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बुधबारको बैठकमा बोल्दै राईले उजुरी परे पनि कारबाही सामान्य कर्मचारी सम्म सीमित हुने गरेको र माथिल्लो तहका व्यक्तिहरू जोगिने गरेको स्पष्ट पारे।

उनले भने, “ठूला पहुँच भएका व्यक्तिहरू संलग्न हुँदा हुँदै पनि बलिको बोको कर्मचारी मात्र बन्ने स्थिति छ। जसले भ्रष्टाचारमा संलग्न व्यक्तिबाट निर्देशन पाउँछ, उसले पनि बयान दिन हिचकिचाउँछ। कोबाट परिचालित भएको भनेर भन्न चाहँदैनन्, आफैँले सबै दोष लिन्छन्। त्यसैले भ्रष्टाचारको मूल जरो हटाउन सकिएको छैन।”

राईले अनुगमनका निकाय धेरै भए पनि काम प्रभावकारी नभएको टिप्पणी गरे। उनले भने, “सबैजना अनुगमन गर्छन्, तर जिम्मेवारीको सीमा स्पष्ट नभएकाले काममा ढिला-सुस्ती देखिन्छ। उदाहरणका लागि मेलम्चीको अनुगमन गर्न धेरैजना जान्छन्, तर अधिकार कति कसको भन्ने प्रस्ट छैन।”

उनले विदेशमा रहेको भ्रष्टाचार जन्य सम्पत्ति फिर्ता ल्याउन नसकिएको विषयमा पनि सरकारको कमजोरी औंल्याए। उनले सिंगापुर र अमेरिका जस्ता देशबाट पैसा ल्याउन नसक्नुको कारण वाइलाइटर एग्रिमेन्ट (द्विपक्षीय समझदारी) नभएको बताए। “सिंगापुरले सम्झौता गरेर मात्रै पैसा दिन सकिने बताएको छ,” उनले जानकारी दिए।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं वार्षिक प्रतिवेदन (आ.व. २०८०/८१) माथि छलफल गरिएको थियो।

  • 11shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अख्तियार दुरुपयोग

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चैत्र २०, २०८२
अख्तियार दुरुपयोग

वीरगंज महानगरपालिकाको पानी प्रशोधन केन्द्रमा अख्तियारको छापा, बाख्रा र माछा पालनको खुलासा

अशोज ३०, २०८२
अख्तियार दुरुपयोग

जसपा सांसद सरोज कुमार सिंह पुन : पक्राउ, भ्रष्टाचार मुद्दा दर्ता

अशोज ३०, २०८२
अख्तियार दुरुपयोग

लहान सडक डिभिजनका पूर्व प्रमुख सहित ४ जना माथि भ्रष्टाचारको मुद्दा

अशोज २९, २०८२
अख्तियार दुरुपयोग

माधवनारायण नगरपालिकाका तत्कालीन अधिकृत सहित तीन जनामाथि भ्रष्टाचार मुद्दा दायर

अशोज २६, २०८२
अख्तियार दुरुपयोग

कल्याणपुरका मेयर साह १ लाख घुस सहित रंगेहात पक्राउ

असार ३२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend