Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, बार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख २८, २०८२
In व्यापार
0

२८ बैशाख,काठमाडौं : सरकारले मोबाइल व्यापारलाई व्यवस्थित गर्न नसक्दा हरेक वर्ष झन्डै नौ अर्ब रुपैयाँ बराबरको अतिरिक्त राजस्व गुमाइरहेको तथ्यांक सार्वजनिक भएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्त सम्म २२ अर्ब रुपैयाँ भन्दा बढीको मोबाइल फोन आयात भएको छ।

भन्सार विभागका अनुसार फागुन सम्म १४ लाख ७ हजारभन्दा बढी मोबाइल सेट नेपाल भित्रिएका छन्। यसबाट सरकारको खातामा जम्मा भएको राजस्व भने केवल ३ अर्ब १९ करोड रुपैयाँ मात्र हो। मोबाइल आयातका लागि स्पष्ट कानुनी व्यवस्था र प्रविधि नहुँदा चोरी निकासी मार्फत ठूलो परिमाणमा मोबाइल भित्रिने गरेको व्यवसायीहरूको भनाइ छ।

मोबाइल इम्पोर्टर एसोसिएसन अफ नेपालका अध्यक्ष दिपक मलहोत्राले “मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (MDMS)” अनिवार्य रूपमा लागू गर्न सरकार लाई सुझाव दिएका छन्। उनले भने, “एमडीएमएस लागू गरे अतिरिक्त नौ अर्ब रुपैयाँ सम्म राजस्व संकलन सम्भव छ।” उनका अनुसार हाल ३० अर्ब रुपैयाँ बराबरको मोबाइल चोरी पैठारी मार्फत नेपाल भित्रिन्छ, जसमा १८.६५% अनुसार ६ अर्ब भ्याट, मूल्य अभिवृद्धि कर र आयकर जोड्दा कुल नोक्सान झन्डै ९ अर्ब रुपैयाँ पुग्छ।

नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले राज्यले व्यवसायी लाई कानुनी ढाँचामा नल्याउँदा हैरानी मात्रै बढेको बताए। “सरकारका तह तहमा जानकारी गराउँदा पनि बेवास्ता भइरहेको छ,” उनले गुनासो गरे।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रयोग भइसकेको (सेकेण्ड ह्यान्ड) मोबाइलको कारोबार कानुनी दायरामा ल्याउनु पर्नेमा जोड दिएका छन्। उनले अवैध रूपमा भैरहेको दोस्रो बिक्रीलाई नियमन गर्न कानुनी व्यवस्था ल्याउनु राज्यको हितमा हुने बताए।

नेपाल मोबाइल व्यवसायी महासंघका उपाध्यक्ष छतेन्द्र आचार्यले लक भएका, बिग्रिएका मोबाइल मर्मत तथा अनलक सेवा, व्यवसाय प्रवर्द्धनका नीतिगत सुधार र व्यवसायी सँग सम्बन्धित तालिमको खाँचो औँल्याए।

मोबाइल वितरक संघका अध्यक्ष रघु त्रिपाठीले नेपालमा वार्षिक ४० अर्ब बराबरको मोबाइल कानुनी रूपमा आयात हुने गरे पनि ३० अर्ब बराबरको मोबाइल अवैध रूपमा कारोबार हुने उल्लेख गरे। “यदि अवैध आयात बन्द गर्न सकियो भने मात्र राज्यलाई २५ अर्ब रुपैयाँ सम्मको लाभ हुन सक्छ,” उनले बताए।

मोबाइल फोन नेपालमा तीन दशक देखि प्रयोगमा रहे पनि यसलाई राज्यले पर्याप्त प्राथमिकता नदिएको व्यवसायीहरूको आरोप छ। २०६० साल पछि नेपालीले मोबाइल लाई जीवनका अत्यावश्यक वस्तुका रूपमा लिन थालेका थिए। हाल ७७ वटै जिल्लामा मोबाइल सेवा पुगेको छ।

मोबाइल व्यवसाय बाट हाल झण्डै ८० हजार नेपाली प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारीमा छन् भने २२ हजार व्यवसायी यसमा संलग्न छन्। २०१६ मा गठन भएको दूरसञ्चार प्राधिकरण र त्यस अघि २०५६ सालमा सुरु भएको मोबाइल सेवाले अहिले नेपालको अर्थतन्त्रमा प्रमुख योगदान पुर्‍याइरहेको छ।

  • 40shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

व्यापार

गोदावरीमा संचालनमा आयो अन्तर्राष्ट्रिय स्तरको बेस्ट वेस्टर्न प्लस रिसोर्ट

फाल्गुन १, २०८२
व्यापार

जनकपुरधाममा दशैं लक्षित सस्ता बजारको तयारी सुरु

भदौ १८, २०८२
व्यापार

‘सगर ग्यास’का तीन हजार ३० सिलिन्डर नष्ट गरियो

भदौ ८, २०८२
व्यापार

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सा देखि रेस्टुरेन्ट सम्म उपयुक्त

असार २३, २०८२
व्यापार

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

असार २२, २०८२
व्यापार

पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि

असार १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend